कोरोना जोखिम रोक्न उपकरण

कोरोना जोखिम रोक्न उपकरण

बागलुङ : कोरोना भाइरसको जोखिम रोक्न बागलुङमा पहिलोपटक खुट्टाले चलाएर हात हात धुन मिल्ने ‘औजार’ तयार गरिएको छ। प्रोग्रेसिभ इञ्जिनियर एशोसियसन नेपाल बागलुङ जिल्ला समिति र धौलागिरी क्षेत्रका इञ्जिनियरहरूको विशेष पहलमा धौलागिरी अञ्चल अस्पताल र जिल्ला प्रहरी कार्यालय परिसरमा फुट अप्रेड ह्यान्ड वास ‘औजार’ निर्माण गरिएको हो।

धारामा दायाँ खुट्टाले थिच्दा झोल साबुन खस्नेछ भने र बायाँ खुट्टाले थिच्दा पानी खस्छ। सिधै हातले खोलेर बन्द गर्ने गरी प्रयोग गर्ने धाराबाट संक्रमण हुन सक्ने भएकाले खुट्टाले थिचेर पानी र साबुन खस्ने धारा बनाइएको इञ्जिनियर थरेन्द्र पौडेलले बताए। जुत्ता या चप्पल प्रयोग भइरहेको बखतमा खुट्टाले थिच्दा साबुन पानी आउने यो ‘औजार’ (प्रविधि) कोरोना भाइरसको जोखिम सकिएपछि पनि निरन्तर प्रयोग गर्न सकिनेछ।

कोरोनाको तीव्र जोखिम भइरहेका बेला केमिकल स्पे्रहरू प्रयोग गर्दा स्वास्थ्यमा अरू असर पर्न सक्ने भएकाले अहिले सुरक्षित रूपमा खुट्टाको सहायतामा प्रयोग गरेर हात धुने प्रविधि धेरै राम्रो र उपयोगी भएको धौलागिरी अञ्चल अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. शैलेन्द्र बी. पोखरेलले बताए।

‘अहिले प्रवेशद्धार र अन्य जोखिमयुक्त स्थानमा धमाधम फूल बडी स्पे्र टनेलहरू बनाउने क्रम बढेको छ’, डा. पोखरेलले भने, ‘यसले कोरोना जोखिम कम गरे पनि स्वास्थ्यमा गम्भीर असर गर्छ, कोरोना र अरू सम्भावित असर जोखिमबाट जोगिन यो प्रविधि उपयोगी हुनेछ।’ औजार निर्माणका लागि बागलुङ बजार श्रीनगर टोलमा रहेको धौलागिरी सिभिल इलेक्ट्रिकल एन्ड मेकानिकल प्रालिले सघाएको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.