पर्यटनमन्त्रीले आगलागी पीडितलाई भने : पुनर्स्थापनाका लागि पहल गर्छु

पर्यटनमन्त्रीले आगलागी पीडितलाई भने : पुनर्स्थापनाका लागि पहल गर्छु

तापलेजुङ : संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले ताप्लेजुङका आगलागी पीडितलाई भेटेका छन् । आइतबार बिहान आगलागीस्थलको अनुगमन गर्न गृह जिल्ला आएका भट्टराईले पीडितहरुको पुनर्स्थापनाका लागि पहल गर्ने बताए । 

‘आगलागी नियन्त्रण र उद्दारमा खटिनुभएका सबैलाई धन्यावाद भन्न चाहान्छु,’ पीडितको माग सुनेपछि उनले भने, ‘तपाईंहरुको मागप्रति सरकार गम्भीर छ, पुर्नस्थापना र संरचनाको पुननिर्माणमा छिट्टै सरकारले निर्णय गर्छ ।’ सरकारले नयाँ घर बनाउन केही रकम उपलब्ध गराउने, सहुलियत कर्जा दिने लगायतका सहहयोग गर्ने मन्त्री भट्टराईको भनाइ थियो । 

पीडितको तर्फबाट योगेन्द्रकुमार गुरुङले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट लिएको कर्जा मिनाहा हुनुपर्ने, घर बनाउन र व्यवसाय सञ्चालन गर्न सहुलियत कर्जाको व्यवस्था गरिदिनुपर्ने जस्ता साँत बुँदे माग राखे । फुङलिङ बजारमा शुक्रबार रातिको आगलागीमा ७ करोड ६५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । 

मन्त्री भट्टराईले यसअघि स्तरोन्ती भइरहेको सुकेटार विमानस्थलको समेत अनुगमन गरेका थिए । सँगै आएका राष्ट्रिय विपद् तथा राहत विभागका प्रमुख कार्यकारी अिधिकृत अनिल पोख्रलले ताप्लेजुङ आगलागी र बाढी पहिरोको जोखिमका दृष्टिले मुलुककै अगाडि रहेको बताए । जोखिम न्यूनीकरणका लागि गृह मन्त्रालयले योजना बनाइरहेको उनको भनाइ छ । 
  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.