लकडाउनमा जिल्ला भित्रिए १० हजार मानिस : पाँच सयको मात्र परीक्षण

लकडाउनमा जिल्ला भित्रिए १० हजार मानिस : पाँच सयको मात्र परीक्षण

जाजरकोट : सरकारले गरेको लकडाउनकै अवधिमा करिव १० हजार मानिस जाजरकोटमा भित्रिएका छन् । तर हालसम्म पाँच सय जनाको मात्र द्रुत परीक्षण ( आरडिटी ) गरिएको छ । किट अभावमा अन्यको परीक्षण हुन नसकेको हो ।

प्रदेश सरकारले पठाएका पाँच सय आरडिटी किट परीक्षण गर्दा सबैको रिर्पोर्ट नेगेटिभ आएको छ तर धेरै संकास्पदको परीक्षण नहुँदा त्रास बढेको छ । बाँकेमा संक्रमितको संख्या बढ्दै गएपछि जाजरकोटमा समेत त्रास बढेको हो । नेपालगञ्ज स्थित महेन्द्र बहुमुखी क्याम्पसको हाताभित्र रहेको क्वारेन्टाइनबाट ११ जना भागेर जाजरकोटमा आएका थिए । जिल्लाको भेरी नगरपालिका वडा नम्बर ११ का उनीहरु मजदुरीका लागि केही समयअघि कालापार(भारत) गएका थिए ।
 

बाँकेमा संक्रमित भएका एक जना सोही क्वारेन्टाइनबाट भागेको भन्ने समाचारले जाजरकोटबासीलाई थप त्रसित बनाएको छ । लकडाउनकै अवधिमा बाँकेबाट धेरै मानिसहरु जाजरकोट भित्रिएकाले जिल्लाबासी त्रसित भएको भेरी नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष खम्बजंग शाहले बताए । अलपत्र नागरिकलाई नेता, सांसद र मन्त्रीले हुलका हुल गाडीमा ओसारेका मानिस विनापरीक्षण परिवार र समाजको सम्पर्कमा गएकाले जोखिम बढ्न सक्ने उनले बताए । 

लकडाउन खुकुलो हुँदै गएको , लकडाउनकै अवधिमा धेरै मानिस जिल्ला भित्रिएकाले परीक्षणको दायरा बढाउनु पर्ने स्थानीयको भनाइ छ । संक्रमितहरु लुकेर बसेका हुनसक्ने भएकोले परीक्षणको दायरा बढाउनु पर्ने कुशे गाँउपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले बताए ।

लकडाउनकै समयमा देशका विभिन्न शहरबाट आएकाहरुको भने किट अभावले परीक्षण गर्न नसकिएको स्वास्थ्य सेवा कार्यालयका प्रमुख टीकाराम जैसीले बताए । सबै पालिकाबाट कोरोनाको परीक्षणका लागि किट माग गरिएको छ तर जिल्लामै किट नआउँदा समस्या भएको उनले बताए । कर्णाली प्रदेशमै किट नआएकाले पठाउन नसकिएको प्रदेश सरकारले जनाएको छ । बारेकोट गाँउपालिकामा हालै मात्र दुई हजार चार मानिस जिल्ला बाहिरबाट भित्रिएका छन्। 
त्यसमध्ये एक सय ६७ जनालाई क्वारेन्टाइनमा राखिएको थियो । 

विद्यालयमा बनाइएका नाम मात्रका क्वारेन्टाइनमा उनीहरुलाई ब्यवस्थापनमा समस्या भएपछि गाँउपालिकाले १४ दिन नपुगी घर पठाइदिएको छ । सबैको आरडिटी गरेर घरकै एकान्तबासमा बस्न पठाउने योजना थियो तर किट नहुँदा नमुनाको रुपमा केहीलाई मात्र परीक्षण गरेर सात दिनमै घर पठाइएको गाँउपालिका अध्यक्ष महेन्द्र शाहले बताए । एक सय ६७ जना क्वारेन्टाइनमा भए पनि ६० जनाको मात्र आरटिडी गर्दा सबैको नेगेटिभ देखिएपछि घर पठाइएको अध्यक्ष शाहले बताए ।

जिल्लामा विभिन्न स्थानमा स्थापना गरिएका क्वारेन्टाइनमा हालसम्म दुई सय ३९ जना मात्र बसेका थिए । नलगाड नगरपालिका स्थित त्रिभुवन माविमा स्थापना गरिएको क्वारेन्टाइनमा राखिएका दुई जनाबाहेक अरु सबै घर फर्किसकेका छन् । बाँकेमा एकै पटक धेरै संक्रमित फेलापरेपछि स्थानीय सरकारले थप रणनिति बनाउन थालेका छन् । बिस्तारै लकडाउन खुकुलो हुँदै जान थालेको जाजरकोटमा सरकारी निकायले पनि लकडाउन कडाइ नगर्ने रणनिति लिएको थियो । पछिल्लो घटनाक्रमले लकडाउन कडाइ गर्ने , सरकारी कार्यालय पूर्णरूपमा बन्द गर्ने र जिल्ला भित्रने नाका थप कडाइ गर्ने निर्णय गरेका छन् । भेरी नगरपालिका र बारेकोट गाँउपालिकाले सोमवार देखि नाका पुर्णरुपमा सिल गर्ने निर्णय गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.