संघद्वारा २२ वस्तुको मूल्य सूची जारी

संघद्वारा २२ वस्तुको मूल्य सूची जारी

इलाम : इलाम उद्योग वाणिज्य संघले दैनिक उपभोग्य २२ बस्तुको खुद्रा मूल्य तोकेको छ । बजार अनुगमनका क्रममा सामग्रीको मूल्य अत्याधिक वृद्धि भएको पाइएपछि संघले मूल्य तोकेको हो । संघका वाणिज्य उपाध्यक्ष दिपेश श्रेष्ठले मूल्य नियन्त्रणका लागि मूल्य सूची तय गरेको जानकारी दिए । 

संघले घैला तोरीको तेलको प्रति लिटर बिक्री मूल्य २००, रिफाइन तेल प्रति लिटर १६५, सूर्यमुखी तेल प्रति लिटर १७५ तोकेको छ । नयाँ समायोजन गरिएको मूल्यमा साधारण मुसुलीचामल प्रति किलो ५५, सोना मुसुली चामल प्रति किलो ५०, मंसुली ग्रेडीङ जुनेली चामल प्रतिकिलो ६० रुपैयाँ तोकेको छ । 
त्यसैगरी जिरा खुल्लाको मूल्य प्रति किलो ४३० रुपैयाँ, धनियाँ प्रतिकिलो २५०, मेथी प्रतिकिलो १५०, चिनी प्रतिकिलो ८५ रुपैयाँ, र मैदा प्रतिकिलो ६० रुपैयाँ तोकेको छ । 

आँटा प्रति प्याकेट २ किलोको १४० र आँटा पाँच किलोको ३४० तोकेको छ । मुसुरीको दाल मसिनो प्रति किलो १६०, मुसुरीको दाल मोटो प्रतिकिलो १२५, मुसुरीको दाल मिडियम प्रतिकिलो १४० तोकेको छ । संघले चिउरा प्रतिकिलो ६५, आयोनुन प्रतिकिलो २५, चना राम्रो प्रतिकिलो ११५, मटर सेतो प्रतिकिलो ८०, मटर हरियो प्रतिकिलो १३० र डाल्डा प्रतिकिलिो १६० तोकेको छ । उल्लेखीत दर इलाम सदरमुकामका लागि तोकीएको संघका अध्यष इश्वर चिपालुले जानकारी दिए । 

सूर्योदय उद्योग बाणिज्य संघले पनि यस अघि नै खुद्रा मूल्य तोकेको अध्यक्ष प्रमोद राईले बताए । उनले आपुर्तीमा समस्या नभएकाले मूल्य वृद्धि हुने सम्भावना नरहेको बताए । उनले इलाम उद्योग बाणिज्य संघकै मूल्यको हाराहारीमा सूर्योदयमा पनि सामग्रीको मूल्य रहेको बताए । देउमाई र माइ नगरपालिकाका उद्योग बाणिज्य संघहरुले पनि मूल्य नियन्त्रणका लागि अनुगमन जारी राखेको बताएका छन् । इलामका ग्रामीण क्षेत्रमा भने व्यपारीहरुले प्रतिकिलो ५ रुपैयाँ सम्म तोकिएको भन्दा बढि मूल्यमा सामग्री विक्री गर्ने गरेको उपभोत्ताले गुनासो गरेका छन् । बजार क्षेत्रमा ८५ रुपैयाँ प्रतिकिलो पाइने चिनी गाउँमा ९० भन्दा माथी पर्ने गरेको उनीहरुले बताएका छन् । 

माइजोगमाई गाउँपालिकाको नयाँबजारका उपभोक्ता देवि अधिकारीले पहिलेको तुलनामा केहि मूल्य वृद्धि भएको बताए । उनले भने ‘झापा लैजाने सामग्री नभएकाले सामान ढुवानीको साधन रित्तै गएर सामान ल्याउनु पर्ने भएकाले केहि वृद्धि भएको हुनसक्छ ।’

चामल, पशुको दाना लगायतमा झापामै बढी मूल्य परेको भन्दै एक महिनाअघिको भन्दा २ सय रुपैयाँ प्रति बोरा (५० किलो) लिने गरेको कृषकहरुले गुनासो गरेका छन् । उद्योग वाणिज्यसंघले ढुवानीका आधारमा मूल्य फरक पर्ने जनाएको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.