भारतबाट फर्केकाको कोरोना परीक्षणमा किन ढिलाइ?

भारतबाट फर्केकाको कोरोना परीक्षणमा किन ढिलाइ?

बैतडी : बैतडीमा भारतीय सीमाबाट फर्केका नागरिकको कोराना परीक्षणको तयारी गरिएको छैन् । भारतीय क्वारेन्टाइनमा ३५ दिन बिताएर स्वदेश फर्केका उनीहरुको कोरोना परीक्षण तयारीको सुरसार छैन। 

सीमाबाट फर्केका नागरिकको १४ दिनपछि मात्रै दु्त परीक्षण गरिने बताइए पनि स्वाब संकलनका लागि भने कुनै  तयारी भएको छैन् ।  भारतबाट फर्केका नागरिकको स्वाब संकलनका लागि केही तयारी नरहेको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताए । उनले भने, 'हामीले भारतबाट फर्केका नागरिकको १४ दिन क्वारेन्टाइनमा बसेपछि दु्त परीक्षण गर्ने भनेका छौं । त्यो बाहेक स्वाब संकलनका लागि भने अहिले त्यस्तो तयारी केही छैन् ।'

अहिले जिल्लामा आरडीटी कीटको समेत अभाव रहेको छ । १३ सय बढी नागरिकका क्वारेन्टाइन छन्।जिल्लामा कीट अभाव रहेको स्वास्थ्य कार्यालयका प्रमुख भट्टले बताए । उनले भने, 'हामीसँग आरडीटी कीटको समेत अभाव रहेको छ । प्रदेशमा माग गरेका छौं । तर प्रदेशमै कीट अभाव रहेको छ ।'

आरडीटी कीट अभाव भएपछि जिल्लाका सबै स्थानीय तहमा भारतबाट फर्केका नागरिकको द्रुत परीक्षण समेत प्रभावित भएको छ ।  कोरोना संक्रमण, रोकथाम तथा नियन्त्रण जिल्ला संयन्त्रले केही दिनअघि भारतबाट फर्केका सबै नागरिकको दु्त परीक्षण गर्ने निर्णय गरेको थियो।

बैतडीमा चैत महिनामात्रै ४ हजार ८ सय बढी नागरिक भारतबाट भित्रिएका छन् भने गत वैशाख १८ गते झुलाघाट र धार्चुला नाकाबाट १३ सय बढी नागरिक भित्रिएका छन् । 

पछिल्लो समयमा भारतबाट स्वदेश फर्किएका क्वारेन्टाइनमा बसेका भएपनि लकडाउन अघि स्वदेश फर्केका क्वारेन्टाइनमा बसेका छैनन् ।  जिल्लाका सबै स्थानीय तहमा गरेर अहिले १ हजार ३१९ जना क्वारेन्टाइनमा बसेका छन् । सबैभन्दा बढी पुर्चौंडी नगरपालिकामा ८७१ जना क्वारेन्टाइनमा बसेका छन् ।

यस्तै डिलाशैनी गाउँपालिकामा २३१ जना, सिगास गाउँपालिकामा ९१ जना, शिवनाथ गाउँपालिकामा २३, सुर्नया गाउँपालिकामा २५ जना क्वारेन्टाइनमा बसेका छन् । यस्तै दोगडाकेदार गाउँपालिकामा २१, मेलौली नगरपालिकामा १७, पाटन नगरपालिकामा ९ जना र दशरथचन्द नगरपालिकामा २४ जना क्वारेन्टाइनमा बसेका छन् । 

क्वारेन्टाइनमा बसेका नागरिकहरुको खानपीनको व्यवस्थापन स्थानीय सरकारहरुले गरेका छन् । पछिल्लो समयमा भारतबाट फर्केका नागरिकहरुका लागि तयार पारिएका क्वारेन्टाइन व्यवस्थित रहेका क्वारेन्टाइन सञ्चालन तथा व्यवस्थापन जिल्ला समन्वय समितिका संयोजक एवं सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले बताए । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.