रेडियो सुनेर एसईई परीक्षा तयारी

रेडियो सुनेर एसईई परीक्षा तयारी

पाल्पा : कोरोना त्रासका कारण एसईई परीक्षा पटक पटक सरेपछि रेडियोबाट परीक्षा कक्षा तयारी सुरु गरिएको छ। रेडियो मदनपोखराले शिक्षाविदहरुसँग सल्लाह गरेर एसईई तयारी पाठशाला सुरु गरेको हो। विद्यार्थीले के पढ्ने, कसरी पढ्ने अलमल भइरहेको अवस्थामा रेडियो मदनपोखराले एसईई पाठशाला कार्यक्रम शुरु गरेको हो।

पाल्पाको मदनपोखरामा रहेको सामुदायिक रेडियो मदनपोखराबाट हरेक दिन एसईई पाठशाला प्रशारण हुने गर्छ। विहान १० बजेदेखि दिउँसो ४ बजेसम्म हरेक दिन ७ वटा विषयको पढाई भइरहेको छ। तानसेन नगरपालिकाको आर्थिक सहयोग र रेडियो मदनपोखराको उत्पादनमा यो कार्यक्रम शुरु गरिएको हो। विद्यार्थीले रेडियोको नजिक बसेर हरेक विषयलाई पढ्न सक्ने बताइएको छ। विद्यार्थीले नबुझेको कुरा तत्कालै फोन गरेर बुझ्न आग्रह गरिएको छ। उक्त कार्यक्रम रेडियोको फेसबुक पेजबाटसमेत सुन्न सकिने बताइएको छ। उनीहरुले मेसेन्जरमार्फत शिक्षकहरुसँग कुराकानी गर्न र प्रश्न सोध्न सक्छन्। शिक्षकले रेडियोबाटै उनीहरुलाई गृहकार्य दिने, प्रश्नहरुमा छलफल गर्ने गर्छन्। रेडियो मदनपोखरा बाहेक पाल्पा, गुल्मी अर्घाखााची, बाग्लुङ, पर्वत, दाङ, प्युठान, जुम्लालगायत विभिन्न जिल्लाका २० वटा रेडियोबाट प्रत्यक्ष प्रशारण हुने गर्छ।  कार्यक्रममा ३५ भन्दा बढि जिल्लामा सुनिनेछ।

परीक्षा स्थगित भएपछि तनावमा रहेका विद्यार्थीलाई रेडियोबाट पठनपाठन गराउन सुरु गरेपछि  विद्यार्थी तथा अभिभावक उत्साहित बनेका छन्। लकडाउनको अवस्थालाई मध्यनजर गरी सुरु गरिएको एसइई पाठशालामा अंग्रेजी, गणित, विज्ञान, सामाजिक अध्ययन, नेपाली, स्वास्थ्य, जनसंख्या तथा वातावरण र कम्युटर विषयको पठनपाठन गरिएको छ।  शिक्षक होत्रीराज ढुंगानाले अंग्रेजी, रामप्रसाद ढकालले अनिवार्य गणित रामजीवन ज्ञवालीले विज्ञान, जीवन आचार्यले कम्यूटर, एकराज ज्ञवालीले सामाजिक अध्ययन प्रेमराज खरालले नेपाली चन्द्रकान्त न्यौपानेले स्वास्थ्य, जनसंख्या तथा वातावरण बिषयको पठनपाठन गदै आएका छन्। हरेक विषयका कक्षा हरेक दिन ४५ मिनेट पढाई हुन्छ।

गत चैत २० गतेदेखि शुरु गरिएको एसईई पाठशाला परीक्षा सञ्चालन नहुँदासम्म प्रशारण गरिनेछ। २०५५ सालमा दक्षिण एसियाकै पहिलो पटक गाउँमा खुलेको यो रेडियोले द्वन्द्वकालमा पनि तत्कालिन एसएलसी परीक्षालाई लक्षित गर्दै स्कुल पाठशाला नामक दुरशिक्षा कार्यक्रम सञ्चालन गरेको थियो। तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाहीले विद्यार्थीहरुको ध्यानबाहिरी कुरामा नजाओस् र परीक्षाको तयारीमा ध्यान पुगोस् भन्ने उद्देश्यले रेडियोबाट पढाउन थालिएको बताए। रेडियो मदनपोखराका स्टेसन म्यानेजर राजेश कुमार अर्यालले अनलाइन कक्षा सबैका लागि पहुँचमा नहुने भएकाले रेडियोका माध्यमबाट दुरशिक्षा कार्यक्रम प्रभावकारी हुने जानकारी दिए।

अन्तिम तयारीमा रहेका बालबालिकालाई परीक्षा सरेपछि जानेका कुरा पुनः दोहोर्‍याउने र नजानेका कुरा सिक्ने अवसर कार्यक्रम मार्फत मिलाइएको छ। एसइई पाठशालाका नियमित कार्यक्रम सुन्ने विद्यार्थीमा आत्मविश्वास पनि जागृत हुने विद्यार्थीहरु बताउँछन्। विद्यार्थीले घरमै बसेर सिक्न पाइने, फुर्सदको समयमा उपयोग गर्न मिल्ने, शिक्षकसँग भेट नहुँदा पनि पढ्न पाइने, रेकर्ड गरेर दोहोर्‍याइ तेहेर्‍याइ सुन्न पाइने भएकाले दूर शिक्षा रेडियो कार्यक्रम प्रभावकारी बनेको छ। अभिभावको प्रत्यक्ष निगरानीमा बालबालिकाले पढ्ने भएकाले सिकाई उपलब्धी राम्रो हुनेमा अभिभावकहरु विश्वस्त छन्।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.