इटहरीका लिलामानको कोरोना संक्रमणबाट साउदीमा मृत्यु

इटहरीका लिलामानको कोरोना संक्रमणबाट साउदीमा मृत्यु

इटहरी : कोरोना संक्रमणबाट साउदी अरबमा कार्यरत इटहरी ५ का लिलामान कटुवालको मृत्यु भएको छ । केही वर्षदेखि साउदीमा कार्यरत ५१ वर्षका कटुवाल पछिल्लो पटक एक वर्षअघि नेपाल आएर फर्किएका थिए ।

साउदीमा रहँदा कोरोना संक्रमण भएपछि लिलामानले परिवारलाई जानकारी दिएका थिए । १६ दिनअघि संक्रमित भएको थाहा दिएका उनले ७ दिनअघि अन्तिमपटक भेन्टिलेटरबाट भिडियो कल गरेका थिए । 

त्यो भिडियोपछि परिवारसँगको सम्पर्क टुटेको परिवारले जानकारी दिएको छ । पछि उनको मृत्यु भइसकेको जानकारी परिवारले सोमबार पाएको थियो । 

मृतक कटुवालको शव नेपाल नआउने भएपछि उनको काजकिरिया मंगलबारदेखि सुरु गरिएको छ । कटुवालका २५ र २२ वर्षीया दुई छोरी र १४ वर्षका एक छोरा छन् । बुवाको मृत्युपछि छोरी अन्जुले फेसबुकमा भावुक स्टाटस सेयर गरेकी छिन् । उनले अन्तिम समयमा बुवाको अनुहार हेर्न नपाएको भन्दै दुःख प्रकट गरेकी छिन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.