गाउँमै सुरक्षित प्रसुति सेवा

गाउँमै सुरक्षित प्रसुति सेवा

जोमसोम : विश्वव्यापी माहामारीको रुपमा फैलिएको नोवल कोरोना भाईरस ( कोभिड–१९ ) रोकथाम तथा नियन्त्रणका लागि सरकारले लगाउँदै आएको लक डाउनले हिमाली जिल्ला मुस्ताङका दुर्गम भेकका महिला सुरक्षित प्रसुति सेवा प्राप्त गर्न वञ्चित छन् । लामो समयदेखिको लक डाउनले जिल्लामा सार्वजनिक तथा निजी सवारी साधन चल्न छोडेपछि दुर्गम भेकका महिलालाई सुरक्षित प्रसुति सेवा लिन अप्ठ्यारो परेको हो ।

कोरोना कहरले उब्जाएको लामो लक डाउनको सदुपयोग गर्दै मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ झारकोटका स्वास्थ्यकर्मीले अहिले संस्थामा रहेको १० वर्ष पुरानो वर्थिङ उपकरण सामाग्री मर्मत गरी संञ्चालनमा ल्याएका छन् । यसअघि सुत्केरीलाई सदरमुकाम जोमसोम लैजानु पर्ने बाध्यता थियो । जीर्ण अवस्थाको पुरानो उपकरण प्रयोगमा ल्याइएपछि गाउँमै प्रसुति सेवा सम्भव भएको स्वास्थ्य संस्थाका इञ्चार्ज सुवास अधिकारीले जानकारी दिए ।  २०६५ सालअघि उक्त स्वास्थ्य चौकीलाई प्रसुति उपकरण उपलब्ध गराइए पनि सञ्चालनमा आउन सकेको थिएन । मर्मत गरिएको प्रसुति सेवासँगै ग्रामिण क्षेत्रका महिलाको अकाल मृत्युदर न्युनीकरण हुने संस्थाका इञ्चार्ज अधिकारीले दावी गरे ।

वारागुङ मुक्तिक्षेत्र–१ ले एकजना करारमा दक्ष स्वास्थ्यकर्मी खटाएपछि  वर्थिङ सेन्टर ( प्रसुति सेवा ) संञ्चालनमा सजिलो भएको छ । वर्थिङ सुरु भएसंगै ग्रामीण भेकका महिलाले आफ्नै स्थानमा सहज रुपले प्रसुति सुविधा लिनसक्ने अर्की स्वास्थ्यकर्मी अनिता साहीले बताइन् । आइतबार वर्षौदेखि प्रयोगविहीन जीर्ण वर्थिङ उपकरण प्रयोगमा ल्याइ एक महिलालाई सुरक्षित प्रसुति गराउन सफल भएको स्वास्थ्यकर्मी साहीले जानकारी दिइन् । 

लक डाउनमा जोमसोम अस्पताल ल्याइ प्रसुति उपचार गर्न अप्ठ्यारो परेकाले गाउँकै स्वास्थ्य केन्द्रमा प्रसुति सेवा दिन सकिएको उनको भनाइ छ । आइतबार झोङकी ल्हामो गुरुङलाई सुरक्षित प्रसुति गराइएको उनले उल्लेख गरिन् । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.