लकडाउन प्रभाव : कुरुवाको पेटीमा बास

लकडाउन प्रभाव : कुरुवाको पेटीमा बास

चितवन : धरानबाट आमाको उपचारका लागि आएका सुरज राई राती ९ बजे बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको भित्रीगेटको सामुन्ने थिए ।उनकी ५८ वर्षीया बिरामी आमा विष्णुकुमारी राई पछ्यौराले लामखुट्टे धपाउँदै थिइन्।  

उनी क्यान्सर परीक्षणका लागि सोमबार बिहान पाँच बजे क्यान्सर अस्पताल आइपुगेका थिए । दिनभर विभिन्न चेकजाँच गरेपनि उनले चिकित्सकलाई रिपोर्ट देखाउन भ्याएपछि त्यही बस्न बाध्य भएका हुन्।

चिकित्सकलाई रिपोर्ट देखाउन बसेका उनीसँग उनकी दिदी पनि थिइन्। अस्पताल बाहिर होटल नभएपछि उनीहरु खुला आकाशमा रात काट्ने सुरमा थिए । उनले बास बस्न नपाउँदा बिचल्ली भएको दुखेसो गरे ।'अस्पतालको सुविदा  त रोकिएन तर होटल बन्द हुँदा दु:ख पायौं,'सुरजले भने, ' खाना त क्यान्टिनमा खायौं, सुत्न कहाँ जाने ? त्यसैले यही पल्टिएका छौं।'

पछिल्लो १५ दिनयता अस्पतालको दृष्य फरक देखिँदै आएको छ । क्यान्सर अस्पताल आउने बिरामीका आफन्तको बिचल्ली भएको छ ।उपचारका लागि आएका तर भर्ना नभएका बिरामीको अवस्था झन दयनीय छ ।

अस्पतालको ओपीडी सेवा सुरु भएपछि बिरामीको संख्या बढेको छ । उनीहरुसँग आउने कुरुवाले बस्ने खाने ठाउँ पाएका छैनन् । साँझपख क्यान्सर अस्पतालको परिसर बिरामीका आफन्तले भरिभराउ हुन्छ। विराटनगरकी सुमित्रा अधिकारीले  दु:ख पाएको गुनासो गरिन्।

उनको दाइलाई भर्ना गरेर केमोथेरापी सुरु गरिएको छ । उनी १६ गते क्यान्सर अस्पताल आएकी थिइन्। टाढाबाट आउने बिरामी र तीनका आफन्तले दु:ख पाएको दुखेसो गरेका छन्।'अस्पताल आउने बिरामी कुरुवाबारे गर्लान भन्ने बारेमा स्थानीय सरकार र प्रशासनले सोच्नुपर्ने होइन र, ' उनले भनिन्,' हामीले होटलवालालाई विन्ति गर्‍यौं तर जबरजस्ती गर्न सकेनौ ।'

कोही पेटीमा सुत्छन् कोही बगैचामा बस्छन् । ठाउँ पाएसम्म अस्पतालको विभिन्न विभागको भवनमा ओत लाग्छन् ।  भवनभित्र बस्न नपाएकाहरु बाहिर बगैचामा कुना काप्चा खोजेर पल्टिन्छन्। अस्पतालको गेटदेखि हरेक विभागका भवनमा बिरामीका कुरुवा सुत्ने गरेका छन्।

अस्पतालको पेटीमा सुतेका बिरामीका कुरुवा।तस्बिर : अनिल ढकाल 

विराटनगरबाटै भाइको उपचारका लागि आएका विनोद झाले जीवनमा सबैभन्दा बढी दु:ख पाएको बताए। उपचारका लागि एम्बुलेन्समा आयौं उपचार पनि हुँदैछ तर बाहिर चिया समेत पाइँदैन, झाले भने, 'बाहिर सुत्नुपर्छ, यत्तिको दु:ख त जीवनमै पाएको थिइन्।'

उपचारका लागि टाढाबाट आएकाहरु खुला आकाशमा रात कटाउन बाध्य छन्। अस्पताल भवनको केही परको खुला आकाशमा उनीहरु खाना पकाएर खान्छन्। 

होटल व्यवसायी भने लकडाउनका कारण आफूहरुले सेवा दिन नसकेको बताउँछन्। अस्पतालका वरिष्ठ प्रशासक गृही नारायण महतोले अस्पतालको नियमित सेवा सबै संचालनमा रहेको बताए। उनले अस्पतालले बिरामीलाई सेवा दिने हो बासको व्यवस्था गर्न नसक्ने बताए।

अस्पतालमा दैनिक सय भन्दा बढी बिरामी ओपीडीमा आउने गरेका छन्। लकडाउनका कारण अस्पताल बाहिरका होटल, लज सबै बन्द छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.