कोरोना परीक्षण किट अभाव
बझाङ : विश्वमा महामारीका रुपमा रहेको कोरोना भाइरसको परीक्षण गर्ने किट तथा स्वास्थ्य सामग्रीको बझाडमा अभाव भएको छ । बाहिरी जिल्ला तथा भारतबाट आएका ६ सय ७५ जना अझै पनि क्वारेन्टाइनमा रहेकाले उनीहरुको र्यापिड टेस्ट गर्नका लागि किटको अभाव भएको हो।
बझाङ जिल्लामा प्राप्त ११ सय किटमध्ये हाल ६० वटा मात्र र्यापिड टेस्ट किट मौजात रहेको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख भानु जोशीले जानकारी दिए । उनका अनुसार हालसम्म जिल्लामा ८ सय ७५ जनाको र्यापिड टेस्ट र ७१ जनाको स्वाब परीक्षण गरिएकोमा सबैको नेगेटिभ आएको समेत उनले जानकारी दिए।
जोशीले प्रयाप्त मात्रमा पीपीई, थर्मल गन तथा किटको अभावले परीक्षणमा समस्या भएको बताए । गएको साता मात्र भारतको झुलाघाट तथा धार्चुला नाकाबाट बझाड भित्रिएका ६ सय १३ जनाको पनि स्वास्थय परीक्षण गर्न बाँकी रहेको छ ।