कोरोना प्रभाव : सबै पदपूर्ति रोक्का

कोरोना प्रभाव : सबै पदपूर्ति रोक्का

काठमाडौं : कोरोना संक्रमणको त्राससँगै सबै कर्मचारीको‌ पदपूर्ति, भर्ना रोक्का गरिएको‌ छ। लोक सेवा आयोग, शिक्षक सेवा‌‌, त्रिवि सेवा‌ आयोग लगायत संगठित‌ संघ संस्थाका हजारौ पदको पदपूर्ति रोकिने भएको हो।

लोक सेवा‌ आयोगको‌ मात्रै १२ हजार भन्दा‌ बढीको पदपूर्ति ‌रोकिदैछ। सो आयोगका अनुसार निजामति सेवा, ९० वटा संगठित संस्था, सार्वजनिक संस्थान, सुरक्षा ‌निकाय लगायतको‌ झन्डै १२‌ हजारको स्थायी पदपूर्ति ‌रोकिने छ। नेपाल‌‌ प्रहरी ‌जवानको‌ मात्रै करिब ३ हजार ६ सयको नयाँ भर्ना तत्कालन हुने छैन। त्यस्तै ९ सय प्रशासनिक खरिदार, ८/९ सयको संख्यामा कृषि, भेटेनरी, पशु लगायतका सबै सार्वजनिक पदको‌ पदपूर्ति ‌रोकिने छ।‌

सरकारले‌ सबै पदपूर्ति रोक्न अनुरोधात्मक पत्र‌ पठाएपनि आयोगले‌ निर्णय गरी नसकेको लोक सेवा आयोगका‌ अध्यक्ष उमेशप्रसाद मैनालीले बताए। ‘सरकारले पत्र पठाएको छ तर हामीले निर्णय ‌गरिसकेका छैनौं’, उनले भने ,‘यो आपतमा हामीले सरकारलाई सहयोग नै गर्नुपर्छ, हामी‌ बसेर निर्णय गर्छौं।’ प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले लोक सेवालाई अर्को व्यवस्था नभएसम्मका लागि नयाँ पदपूर्ति नगर्न पत्र पठाएको‌ छ।

‘रिक्त दरबन्दी पदपूर्ति गर्न लोक सेवा आयोगबाट भएको विज्ञापन अनुसार परीक्षा सञ्चालन हुन बाँकी रहेका र पदपूर्तिका लागि विज्ञापन आह्वान गर्न बाँकी रहेका सम्पूर्ण पदपूर्ति सम्बन्धी कार्य अर्को व्यवस्था नभएसम्म स्थगित गर्न’ भन्दै पत्राचार गरिएको छ। आयोगले भने शारीरिक परीक्षा, प्रारम्भिक, प्रयोगात्मक, लिखित परीक्षा र अन्तवार्ता भइसकेको‌ रोक्न नमिल्ने जनाएको छ। लकडाउन घोषणासँगै‌ लिखित तथा अन्तवार्ताका सम्पूर्ण‌ परीक्षा रोक्ने निर्णय आयोग आफैले गरिरहेको छ। यसअघि सहसचिव, उप सचिव, शाखा अधिकृत, नायब सुब्बा लगायतका पदको एक चरणको परीक्षा भइसकेको छ।

केही दिन अघिको मन्त्रिपरिषद् बैठकले गरेको निर्णयमा संघ, प्रदेश र स्थानीय तहको पुनः संगठन तथा व्यवस्थापन (ओएनएम) सर्भे र अत्यावश्यक सेवाबाहेकका कर्मचारी भर्ना नगर्ने निर्णय गरेको छ। यो निर्णयले लोकसेवाको परीक्षाको प्रतिक्षामा‌ रहेका लाखौं विद्यार्थीको‌ भविष्य अन्योलमा पर्ने‌ भएको छ। लोक सेवामा वर्षेनी ५ लाख बढीले दरखास्त दिने गरेका छन्। गत वर्षपनि कर्मचारी समायोजनका नाम लोक सेवाको परीक्षा प्रभावित भएको थियो। लोक सेवाको कार्यतालिका‌ अनुसार यो‌ समय विज्ञापनको हो।

तर, यही बेला संघीय मामिला तथा सामान्य प्रशासन‌ मन्त्रालयले लोक सेवाका साथै शिक्षक सेवा, विश्वविद्यालय सेवा आयोग, नेपाली सेना लगायत‌ सम्पूर्णको परीक्षा अर्को सुचना नभएसम्मको लागि स्थगन गरेको‌‌ जनाएको छ। सेनाले ठूलो संख्यामा भर्ना गर्ने तयारी गरिएको थियो। सामान्य प्रशासन मन्त्रालयका‌ प्रवक्ता एव सहसचिव बसन्त अधिकारीले लकडाउनका कारण सबै लोक सेवा लगायतका सबै पदपूर्ति स्थगन गरेको जानकारी दिए। अत्यावश्यक भएमा मात्रै अस्थायी करारमा नियुक्ति गर्न सकिने उनले बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.