असिनापानीले बालीनालीमा क्षति

असिनापानीले बालीनालीमा क्षति

बैतडी : बुधबार साँझ परेको असिनापानीले बैतडीका विभिन्न स्थानमा लगाइएको गहुँबाली, तरकारीबाली, फलफूल र धानका बेर्नामा क्षति पुर्‍याएको छ । केही दिनदेखिको लगातार वर्षा र बुधबार परेको असिनापानीले गहुँबालीमा क्षति पुर्‍याएको किसानहरुले बताएका छन् । 

जिल्लाको दशरथचन्द नगरपालिका, पाटन नगरपालिका लगायतका क्षत्रमा गहुँबाली, तरकारीबाली र फलफूल खेतीमा व्यापक क्षति पुर्‍याएको दशरथचन्द नगरपालिका २ देहीमाडौंका माया बोहराले बताइन् । उनले भनिन्,‘असिनाले गहुँबाली सखाप पार्यो । यो वर्ष भोकमरी हुने सम्भावना छ । खेतमा लगाएको सबै बाली असिनाले नष्ट गर्यो । गाउँका मानिसहरु सबै चिन्तित बनेका छन् ।’

खेतमा पाकेको गहुँ असिनाले पूर्णरुपमा नष्ट गरेको दशरथचन्द नगरपालिका १ कविराज भट्टले बताए । उनले भने, ‘असिनाले खेत नै सेताम्य भयो । रुखका बोक्रासमेत निस्कने गरेर परेको असिनाले गहुँबाली र तरकारीबालीमा व्यापक क्षति पुर्‍याएको छ ।’

खेतमा पाकेको गहुँ नष्ट हुँदा भोकमरीको सम्भावना बढेको पाटन नगरपालिका ४ का भागरथी भट्टले बताइन् । उनले भनिन्, ‘बुधबार परेको असिनाले गहुँबाली, तरकारी र फलफूल खेतीमा समेत व्यापक क्षति पुर्‍याएको छ । खेतमा पाकेको गहुँ भित्र्याउन नपाउँदा हामी धेरै चिन्तित बनेका छौं ।’

असिनाले ब्याडमा राखेको धानको बेर्नासमेत नष्ट गरेको पाटनका वसन्त विष्टले बताए । उनले भने, ‘पाटन क्षेत्रमा धानको बेर्ना भर्खर राखिएको थियो । असिनाले धानको बेर्ना सखाप पारेको छ । भर्खर टुसाउन लागेको बेर्ना असिनाले नष्ट गरेपछि किसानहरु समस्यामा परेका छन् ।’

गहुँखेतीमा असिनाले असर गरेको कृषि ज्ञान केन्द्र बैतडीका निमित्त प्रमुख कर्णबहादुर चन्दले जानकारी दिए । केही दिन पहिला जिल्लाको पुर्चौंडी नगरपालिका र डिलाशैनी गाउँपालिकामा पनि असिनाले गहुँबालीमा क्षति पुर्‍याएको थियो । उनले भने, ‘जिल्लाका सबै जसो ठाउँमा यो वर्ष असिनाले गहुँबाली नष्ट गरेको छ । यो वर्ष गहुँ उत्पादनमा पनि कमी आउने देखिएको छ ।’

बैतडीमा १७ हजार ५ सय हेक्टर जमिनमा गहुँखेती गरिँदै आएको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.