यस्तो छ कर्णाली सरकारको किसानका लागि 'राहत प्याकेज'

यस्तो छ कर्णाली सरकारको किसानका लागि 'राहत प्याकेज'

सुर्खेत : लकडाउनको मारमा परेका किसानलाई विशेष राहत उपलब्ध गराइने भएको छ । कर्णाली प्रदेश सरकारले पीडित किसानलाई राहत र सहुलियत दिने तयारी गरेको हो । यसका लागि भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले पीडित किसानको विवरण संकलन गरिरहेको छ ।

लकडाउनका कारण यहाँका किसानले उत्पादन बिक्री गर्न पाएका छैनन् । बैंक तथा वित्तिय संस्थाबाट ऋण लिएर व्यवसायिक उत्पादन गरिरहेका किसानले लकडाउनका कारण घाटा व्यहोरिरहेका छन् । बर्सेनि खाद्यान्न संकट व्यहोर्दै आएको कर्णालीमा यसपाली उत्पादन घट्ने आशंका गरिएको छ । 

किसानको उत्पादन बढाउन र सम्भावित भोकमरी टार्न किसानका लागि विशेष राहत प्याकेज उपलब्ध गराइने प्रदेश सरकारले जनाएको हो । लकडाउनका कारण किसानले दूधजन्य उत्पादन र तरकारी बिक्री गर्न पाएका छैनन् । यस्तै खेतीपातीको समय सुरु भए पनि मल र बीउ नपाएको किसानको गुनासो छ ।

यस्तो अवस्थामा नोक्सानी व्यहोरेका किसानलाई राहत उपलब्ध गराउन पीडित किसानको लगत संकलन भइरहेको कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ । खेती गर्ने समयमा किसानलाई मल र बीउ सहज रुपमा उपलब्ध गराउने, कृषि उपकरण र मल तथा वीउमा अनुदान दिने र व्यवसायिक उत्पादन गर्ने किसानलाई बैंकको ब्याजमा सहुलियत दिने मन्त्रालयको तयारी छ ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले भनिन्, 'यो संकटमा किसानका समस्याबारे सरकार गम्भीर छ, हामीले पीडित किसानको लगत संकलन गरिरहेका छौं । राहत, सुहलियत र अनुदान उपलब्ध गराउने तयारी भइरहेको छ, मल र बिउ सहज रुपमा उपलब्ध गराउन मन्त्रालय लागि परेको छ ।'

लकडाउन भएपनि किसानको उत्पादनलाई बजारिकरण गर्न सरकारले सहजिकरण गर्ने उनको भनाइ छ । यस्तै खेतीपातीको समयमा किसानलाई सामाजिक दुरी कायम गरेर काम गर्ने वातावरण मिलाइएको पनि मन्त्रालयले जानकारी दिएको छ ।

किसानलाई सहज रुपमा बीउ र मल पुर्‍याउने जिम्मा सम्बन्धित जिल्लाका कृषि विकास कार्यालयलाई दिइएको मन्त्री केसीको भनाइ छ ।मन्त्री केसीले भनिन्,‘कोरोना महामारीले भोकको सिर्जना गर्ने खतरा छ,खाद्य संकट न्यूनिकरण गर्न कर्णाली सरकार गम्भिर बनेको छ ।

कुनै पनि जमिन बाँझो नराख्ने गरी युवालाई उत्पादनमा जोड्ने योजना बनाएका छौं, उत्पादन बढाउन राजनीतिक दललाई पनि आफ्ना कार्यकर्तालाई उत्पादनमुखी कार्यमा लगाउन आग्रह गर्दै भने, 'उत्पादन वृद्धि गर्न प्रदेश र स्थानीय सरकारले यो वर्षलाई उत्पादन वर्षका रुपमा लिनेछन्।'

आगामी आर्थिक वर्षको बजेट र नीति तथा कार्यक्रम निर्माण भइरहेको भन्दै उनले कृषिलाई रोजगारीसँग जोड्ने खालका कार्यक्रमलाई उच्च प्राथमिकतामाराखिने जानकारी दिइन् । 

युवाहरु गाउँ फर्किएको भन्दै गाउँमै रोजगारी दिने खालका कार्यक्रम ल्याउने मन्त्रालयको तयारी छ । प्रत्येक वडामा नमूना कार्यक्रम सञ्चालन गर्ने,युवालाई व्यवसायिक कृषि र पशुपालनसँग जोड्ने खालका कार्यक्रम ल्याइने, हरेक वडामा पशुपंक्षी र कृषि पकेट कार्यक्रम सञ्चालन गनर सिँचाइ नपुगेका ठाउँमा सिँचाइ पुर्‍याउने गरी बजेट ल्याउने मन्त्रालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.