माछा मार्न हिंडेका युवकको दुर्घटनामा मृत्यु

माछा मार्न हिंडेका युवकको दुर्घटनामा मृत्यु

राजविराज : सडक किनारमा रोकिराखेको ट्रकमा ठोक्किएर स. ८ प ५६२९ नम्बरको मोटरसाइकलमा सवार सप्तरीका एक युवकको बिहीबार मृत्यु भएको छ भने अर्का युवक गम्भीर घाइते भएका छन् ।

    
सप्तरीको अग्नीसाइर कृष्णसवरण गाउँपालिका–२ सीतापुरस्थित पूर्व–पश्चिम राजमार्गमा बिहीबार भएको दुर्घटनामा अग्नीसाइर कृष्णसवरण गाउँपालिका–४ प्रसवनीका २३ वर्षीय विक्रम सरदारको घटनास्थलमै मृत्यु भएको स्थानीय रमेश चौधरीले जानकारी दिए ।
    
पञ्चर भएर बिग्रिएको ना.३ख ६१२६ नम्बरको ट्रक मर्मत गर्न राजमार्गस्थित सडक किनारमा रहेको ग्यारेज अगाडि रोकी राखिएको थियो । लकडाउनका बेला माछा मारेर दिन बिताउने भन्दै दुबै जना बिहानै मोटरसाइकलमा घरबाट निक्लिएको परिवारका सदस्यले जानकारी दिएका छन् । राजमार्गस्थित इटहर्वा कनौली अगाडि रहेको गार्डेन रिसोर्टभन्दा एक सय मिटर पूर्व ग्यारेज अगाडि रोकिराखेको ट्रकमा पछाडिबाट मोटरसाइकल ठोक्किएको इलाका प्रहरी कार्यालय रुपनीले जनाएको छ । 
    
मोटरसाइकल पछाडि सवार अग्नीसाइर कृष्णसवरण गाउँपालिका–४ प्रसवनीका २६ वर्षीय तरुण सरदार गम्भीर घाइते भएका छन् । घाइते तरुणलाई उपचारका लागि बिराटनगरस्थित न्यूरो अस्पताल भर्ना गरिएको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.