सहमति विपरीत क्वारेन्टाइनबाट नेपालीलाई फिर्ता पठाउँदै भारत

सहमति विपरीत क्वारेन्टाइनबाट नेपालीलाई फिर्ता पठाउँदै भारत

कपिलवस्तु : भारतीय सुरक्षा अधिकारीले क्वारेन्टाइनमा राख्न भनी लगेका ८८ जना नेपालीलाई रात परेलगत्तै छाडिदिएका छन् ।

करिब २ घण्टा नबित्दै भारतीय सुरक्षाकर्मीहरुले उनीहरुलाई भारतका आफ्ना आफन्तजन वा पुन नेपाली सुरक्षाकर्मीहरुले थाहा नपाउने गरी नेपाल तर्फ सीमासीमा पार गर्न भनी छोडिदिएका हुन् ।

भारतीयहरुले छाडे पनि ८८ जनामध्ये केही लुकी छिपी सीमा पार गरी गाउँ फर्केका छन् भने अधिकांश फेरि सीमा क्षेत्रमै आएपछि अलपत्र परेका छन् । भारतीय क्षेत्रमा अलपत्र परेका नेपालीलाई भारत सरकारले व्यवस्थापना गर्ने र नेपाली क्षेत्रमा अलपत्र परेका भारतीयलाई नेपालले व्यवस्थापन गर्ने नेपाल भारत दुई देशबीच सहमति भए पनि सहमतिलाई भारतीय पक्षले कार्यान्वयन गरेको छैन ।

जस कारण दैनिकजसो सीमा क्षेत्रमा भारतबाट लखेटिएर आउने सर्वसाधारणको संख्या बढ्दोछ । बुधबार साँझसम्म जिल्लाका विभिन्न सीमा क्षेत्रमा ४ सय बढी सर्वसाधारणहरु अलपत्र परेका छन् । कोरोना भाइरसको संक्रमण फैलिएसँगै भारतका विभिन्न शहरबाट लखेटिएका सर्वसाधारणहरु नेपाल भारत सीमा क्षेत्रमा आउने क्रम बढेको हो । 

रोजगारीका सिलसिलामा रहेका सर्वसाधारणहरुलाई भारतीय सुरक्षाकर्मीहरुले घर फर्काउन लागेपछि भारतबाट आएका उनीहरु अलपत्र पर्न थालेका हुन् । मुम्बइमा कम्पनी बन्द भएपछि भोक भोकै पर्न थालेपछि आफुहरु भाग्दै, लुक्दै २१ दिन लगाएर सीमा क्षेत्रसम्म आइपुगेको यशोधरा गाउँपालिका वडा नं. ६ का शिव मंगल यादवले बताए ।

नेपाल-भारतको सहमतिको नाममा सीमा क्षेत्रमा नेपाली नागरिकहरु यसरी अलपत्र पर्दा जिल्लाका स्थानीय तहले विरोध जनाएका छन् । नेपाली नागरिकको व्यवस्थापनका लागि स्थानीय तहका प्रमख तथा प्रतिनिधीहरुले सरकारसँग माग गरेका छन् । सीमा नाकाको दश गजा क्षेत्रमै अलपत्र अवस्थामा रहेका नागरिकलाई क्वारेन्टाइनमा लैजान खोज्दा स्थानीय प्रशासनबाटै अवरोध सिर्जना भएको मायादेवी गाउँपालिकाका प्रमुख वजरंगी चौधरीले बताए ।

खुला आकाशमा सीमा क्षेत्रमा रात बिताएका उनीहरुलाई सर्प तथा अन्य विषालु किराहरुको टोकाइको जोखिम पनि उत्तिकै छ । अलपत्र परेकाहरुको उद्धार र क्वारेन्टाइनमा राख्ने प्रवन्ध गर्न आफ्ना भारतीय समकक्षी सिद्धार्थ नगर जिल्लाका प्रमुखसँग समन्वय गरिरहेको प्रमुख जिल्ला अधिकारी दिर्घ नारायण पौडेलले २ दिन अघिदेखि भन्दै आए पनि भारतीय पक्षसँग भने पहल सुरु भएको देखिँदैन । भारतका विभिन्न सहरबाट नेपाली सर्वसाधारणहरु घर फर्कन आउने संख्या दिनहुँ बढ्दो क्रममा रहेको सीमा क्षेत्रमा रहेका सुरक्षाकर्मीहरुले बताएका छन् ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.