बैतडीमा ६ हजार भित्रिए, १ हजार १ सय जनाको मात्रै कोरोना परीक्षण

बैतडीमा ६ हजार भित्रिए, १ हजार १ सय जनाको मात्रै कोरोना परीक्षण

 बैतडी : बैतडीमा भारतबाट अहिलेसम्म ६ हजार ९१ जना भित्रिएका छन् । गएको चैत महिनादेखि हालसम्म विभिन्न नाकाबाट ६ हजार ९१ जना जिल्ला भित्रिएको सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले जानकारी दिए । गएको चैत १ गतेदेखि वैशाख तेश्रो साता सम्म जिल्लामा भारतबाट मात्रै ६ हजार बढी नागरिक भित्रिएको उनले बताए । 

जिल्लामा ६ हजार बढी नागरिक भित्रिए पनि अहिलेसम्म १ हजार १२० जनाको मात्रै कोरोना परीक्षण गरिएको छ । ४३० जनाको थ्रोट स्वाब संकलन गरेर कोरोना परीक्षण गरिएको हो भने ७९० जनाको द्रुत परीक्षण गरिएको हो । कोरोना जाँच गरिएका सबैको रिपोट भने नेगेटिभ आएको छ । 

जिल्लामा भारतबाट फर्किएका सबै नागरिकको कोरोना परीक्षण गर्ने कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण जिल्ला संयन्त्रको बैठकले निर्णय गरेको भए पनि आरडीटी कीटको अभावमा सबैको परीक्षण गर्न नसकिएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताए । उनले भने, 'हामीसँग आरडीटी कीट अभाव छ । भारतबाट फर्केका सबै नागरिकको परीक्षण गर्ने भनेपनि कीटको अभावमा सो कार्य गर्न सकेको छैन।'

जिल्लाका सबै स्थानीय तहमा भारतबाट फर्केका नागरिकको दु्त परीक्षणबाट कोरोना जाँच गर्ने भनिएको भएपनि कीट  अभावमा सो कार्य अघि बढ्न नसकेको स्वास्थ्य कार्यालयका प्रमुख भट्टले बताए । 

लकडाउन पछि मात्रै भारतबाट २ हजार ९२ जना जिल्ला भित्रिएका छन् । कतिपयलाई प्रशासन आँफैले सीमा नाकाबाट उद्धार गरेको हो भने केही नागरिक ट्युबमार्फत महाकाली तरेर जिल्ला भित्रिएका हुन् ।

लकडाउनपछि जिल्ला भित्रिएकामध्ये पनि एक हजार बढी  नागरिकको कोरोना परीक्षण बाँकी नै छ । यद्यपि ती नागरिक क्वारेन्टाइनमा बसिरहेका सहायक प्रमुख जिल्ला अधिकारी नेगीले बताए । उनले भने, 'यही वैशाख १८ गते सीमा नाकाबाट उद्धार गरी ल्याइएका १ हजार २६९ जनाको कोरोना परीक्षण बाँकी छ । तर जिल्लाका आरडीटी कीटको अभाव भएकाले हामीले कीट उपलब्ध गराउन माग गरेका छौं ।'
 
जिल्लाका विभिन्न स्थानीय तहमा रहेका क्वारेन्टाइनमा अहिले पनि १ हजार ३२४ छन् । उनीहरु सबैको कोरोना परीक्षण बाँकी छ ।  भारतबाट फर्केका नागरिकहरुको आरडीटी गर्ने वा थ्रोट स्वाब संकलन गर्ने भन्ने अहिलेसम्म टुंगो लागेको छैन् । यही वैशाख १८ गते उद्धार गरिएका नागरिक क्वारेन्टाइनमा बसेको पनि एक हप्ता हुँदासम्म कोरोना परीक्षण कसरी गर्ने भन्ने टुंगो लागेको छैन् । 

क्वारेन्टाइनमा बसेका नागरिकले भने आफूहरुको छिटो जाँच गर्नुपर्ने बताएका छन् । 'हामी भारतमै ३५ दिन क्वारेन्टाइनमा बसेर आएका हौं । यता पनि हामीलाई क्वारेन्टाइनमा राखिएको छ । क्वारेन्टाइनमा पनि निकै समस्या छ,'पुर्चौंडी ८ का उत्तम बोहराले भने, 'हाम्रो स्वास्थ्य परीक्षणका लागि छिटो पहल गरियोस् । '


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.