क्‍वारेन्टाइनमा बिजोग

क्‍वारेन्टाइनमा बिजोग

बैतडी : जिल्लाको पुर्चौंडी नगरपालिका ८ मल्लादेही रत्न आधारभूत विद्यालय क्‍वारेन्टाइनमा बसेका नागरिकहरुले समस्या भएको बताएका छन्। चिसो भुइँमा एउटा म्याटको भरमा क्‍वारेन्टाइनमा बस्नु परेको उनीहरुले गुनासो गरेका छन्। ‘वडा नम्बर ८ मा हामी ७० जना क्‍वारेन्टाइनमा बसीरहेका छौं। हामीलाई नगरपालिकाले ८ ओट मात्रै कम्बल उपलब्ध गराएको छ। लगातारको बर्षाले विद्यालयको छानो समेत चुहिने गरेको छ।’पुर्चौंडी ८ मल्लादेहीका उत्तम बोहराले भने, ‘हामीले भारतीय क्‍वारेन्टाइनमा पनि ३५ दिन दुःख काट्यौं। स्वदेशका क्‍वारेन्टाइनमा पनि हामीलाई दुःख नै छ।’

क्‍वारेन्टाइन व्यवस्थित नहुँदा आफूहरुलाई बसोबासका लागि निकै समस्या परेको सोही ठाउँका कृष्ण साउँदले बताए। ‘विद्यालयको चुहिने छानामुनी बस्नुपरेको छ। चिसो लागेर अरु बिरामी हुने अवस्था आएको छ। हामीलाई क्‍वारेन्टाइनमा बसेको एक हप्ता भईसक्दा समेत बसोबासको राम्रो व्यवस्थापन गरिएको छैन्।’उनले भने, ‘हामीलाई समस्या भएको बिषयमा नगरपालिका हेरिदिनु पर्यो। हाम्रो समस्या बुझिदिनु पर्‍यो।’

कोरोना भन्दा पनि अन्य रोग लाग्ने चिन्ता बढेको क्‍वारेन्टाइनमा बसेकाहरुले बताएका छन्। आफूले स्थानीयस्तरमा सक्दो व्यवस्थापन गरेको भएपनि नगरपालिकाबाट सहयोग नमिलेको वडा नं ८ का वडा अध्यक्ष जनक बिष्टले बताए। उनले भने ‘वडासँग कुनै प्रकारको बजेट छैन्। क्‍वारेन्टाइनमा बसीरहेका चिसो भुँईमा बस्न बाध्य भएका छन्। समस्या नगरपालिकासँग राखेको भएपनि कुनै सुनुवाई भएको छैन्। जिल्लाको अनुगमन समितिले समेत अनुगमन गरेन। मैले बारम्बार यताको समस्या बुझ्न आग्रह गर्दा समेत सुनुवाई भएन्। क्‍वारेन्टाइनमा चिसोका कारण नागरिकमा केही स्वास्थ्य समस्या आएको को जिम्मेवार हुन्छ?'

पुर्चौंडी नगरपालिकामा मात्रै भारतबाट फर्केका ८७६ जना विभिन्न क्‍वारेन्टाइनमा बसीरहेका छन्। नगरपालिकामा सोचेको भन्दा धेरै नागरिक भित्रिएकाले व्यवस्थापनमा केही समस्या रहेको भएपनि समस्या समाधानका लागि पहल भईरहेको नगरप्रवक्ता दलबहादुर धामीले बताए। उनले भने ‘केही मान्छेहरुले त्यस्तो भनेपनि हामीले सकेसम्म राम्रो व्यवस्थापनका लागि पहल गरिरहेका छौं। वडा नं ८ को समस्याका बिषयमा बुझ्नका लागि अनुगमन गर्नेछौं।’

बिहीबार मात्रै जिल्ला समन्वय समिति प्रमुखको नेतृत्वमा प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालयका प्रमुख लगायतको टोलीले पुर्चौडी नगरपालिकाका विभिन्न स्थानमा क्‍वारेन्टाइनको अनुगमन गरेको छ। समय अभावका कारणले मल्लादेही क्‍वारेन्टाइनमा अनुगमन गर्न नसकिएको जिल्ला समन्वय समितिका प्रमुख सिद्धराज भट्टले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.