भारतले नेपाली भूमि मिचेको बिषयमा परराष्टमन्त्रीलाई युवाको एसएमएस

भारतले नेपाली भूमि मिचेको बिषयमा परराष्टमन्त्रीलाई युवाको एसएमएस

कालिकोट : भारतले नेपाली भु­भाग मिचेको बिषयलाई परराष्टमन्त्रीको ध्यानाकर्षण गराउन सिमानाका युवाहरुले एसएमएस गर्न थालेका छन् । नेपाली भू­भाग मिचेर भारतले सडक निर्माण गरेको बिषयलाई परराष्टमन्त्रीले आफुलाई थाहा नभएको भनेको बिषय विभिन्न संचार माध्यममा आउन थालेपछि कालिकोट लगायत सिमानाका युवाहरुले मन्त्रीलाई नेपाली भु­भाग मिचिएको जानकारी दिई फिर्ता गर्न दबाब दिने उद्देश्यले एसएमएस गर्न थालेका हुन् । 

सामाजिक संजालमा समेत परराष्टमन्त्री प्रदीप ज्ञवालीको मोबाइल नम्बर ९८५१०८८२२२ मा एसएमएस गरी सीमा अतिक्रमणका सन्दर्भमा दबाब दिन युवाहरुले अपिल गरिरहेका छन्। कालीकोटको खाँडाचक्र नगरपालिका निवासी हिक्मतजंग मल्लले परराष्टमन्त्री ज्ञवालीको मोवाईल नम्बरमा लेखेका छन्, 'माननिय मनत्री ज्यू नमस्कार । दार्चुला गुन्जी क्षेत्र अतिक्रमण गरी भारतले सडक निर्माण गरेको सन्दर्भ र लिपुलेक बिबादको सन्दर्भमा तत्काल भारत र चिनसँग कुटनीतिक पहल गर्नुस ।'  

उनले हरेक नेपालीले आफ्नो देशको सीमा रक्षाका लागि सरकारलाई दबाब दिनु आवश्यक रहेको बताए । उनले भने, 'मैले त परराष्टमन्त्री ज्यूलाई एसएमएस गरेर दबाद दिएको छु । सबैले यसरी दबाब दिनुपर्छ ।' 

यस्तै स्थानीय रोशन धामी, खगेन्दै मल्ल लगायतका युवाहरुले पनि परराष्टमन्त्री ज्ञवालीलाई एसएमएस गरेको बताए। नेपाली पक्षसँग सल्लाह नै नगरी छिमेकी भारतले नेपाली भूमि लिपुलेक हुँदै चीनको तिब्बतमा रहेको धार्मिकस्थल मानसरोवर जाने सडक मार्ग खोलेको छ। सिमाना मिचिएको विरोधमा अहिले सामाजिक संजालमा भारतको चर्को आलोचना हुन थालेको छ।

भारतका रक्षामन्त्री राजनाथ सिंहले दिल्लीबाट भिडियो कन्फरेन्समार्फत उक्त सडकको शुक्रबार उद्घाटन गरेपछि सञ्चार माध्यमले सार्वजनिक गरेका हुन्। नेपालले उक्त भूभाग आफ्नो रहेको र त्यसलाई त्रिदेसिय विन्दु बनाउन सक्ने सम्मको लचकता देखाउँदा समेत भारतले एकतर्फी रूपमा यस्तो सडक निर्माण गरेको हो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.