भारतबाट आएर क्वारेन्टाइनमा बसेकी महिलाले जन्माइन् जुम्ल्याहा छोरी

भारतबाट आएर क्वारेन्टाइनमा बसेकी महिलाले जन्माइन् जुम्ल्याहा छोरी

दाङ : दाङको तुलसीपुर उपमहानगरपालिमा भाततबाट आएर क्वारेन्टाइनमा बसेकी एक महिलाले जुम्ल्याहा बच्चा जन्माएकी छिन्। उपमहानगर वडा नम्वर १३ फुलवारी घर भएकी अनिता यादवले राप्ती प्रादेशिक अस्पतालमा जुम्ल्याहा छोरी जन्माएकी हुन् । अस्पतालकी मेडिकल अधिकृत डा. लिजा पुरीका अनुसार एक जनाको तौल कम भएपनि दुवै शिशु स्वस्थ छन्  शिशुहरुको तौल १.८  र  १.५ केजी छ ।

महिलाले शुक्रवार राति ९.१५ मा दुई शिशुको जन्म दिएको अस्पताल जानकारी दिएको छ। गर्भवती यादव बिहीबारबाट क्वारेन्टाइनमा बसेकी थिइन् । चार महिनादेखि  भारत रुपैडिहाको विलौनीमा रहेको माइतीघरमा बस्दै आएकी यादव बिहीबार मात्रै २ दिन हिडेर घर आएकी थिइन्। 

भारतबाट आएको भनी गाउँलेले खबर गरेपछि उनलाई तुलसीपुर उपमहानगरपालिकाको कोरोना रेस्क्यु टिमले बिहीबार राति नै क्वारेन्टाइनमा ल्याएको जनस्वास्थ्य शाखाका प्रमुख ओमप्रकाश न्यौपानेले जानकारी दिए । उनको कोरोना परीक्षणमा उनको रिपोर्ट नेगेटिभ आएको थियो।

यादवलाई शुक्रबार दिउँसो सुत्केरी व्यथाले च्यापेपछि प्रादेशिक अस्पतालमा ल्याइएको विपद् शाखाका प्रमुख भीमप्रकाश खत्रीले जानकारी दिए। ‘जटिल अवस्था भनेपछि हामीले नेपालगञ्ज लैजाने तयारी पनि गरेका थियौ’ खत्रीले भने। 

गर्भवती यादवका कोही पनि आफन्त नआएपछि उपमहानगरपालिकाले नै सबै जिम्मेवारी लिएर उनको उद्दार गरेको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.