‘नेपालको छातीमा भारतीय गाडी’

‘नेपालको छातीमा भारतीय गाडी’

काठमाडौं :  भारतले नेपाली भूमि लिपुलेक भएर कैलाश मानसरोवर जाने बाटो निर्माण गरेको सीमा बचाऊ अभियानले विरोध जनाउँदै तत्का भारतस्थित नेपाल राजदुत निलम्बर आचार्यलाई बोलाएर जानकारी माग गरेको छ। 

अभियानले  नेपाली  राजदूतावास ८० किलोमिटर सडक निर्माण हुँदा पनि जानकारी नहुँनु दुखत भएको बताएको छ। ‘नेपालको छातीमा भारतीय गाडी गुड्न सुरु भएको छ’, अभियानका संयोजक भैरव रिसालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सरकारको नालायकीपनका कारण नेपाली जनता आफ्नो भूमिमा विदेशीले परेड खेलेको टुलुटुलु हेरेर बस्न बाध्य छन्।’ 

 संयोजक रिसालले  जारी गरेको विज्ञप्तीमा भारतका लागि नेपाली राजदूतलाई बोलाएर यस बारे जवाफ माग्न आग्रह गरिएको छ। 

‘नेपाल सरकारको प्रतिनिधि भएर आधिकारिक रुपमा नयाँ दिल्लीस्थीत नेपाली राजदूतावासमा रहेका भारतका लागि नेपाली राजदूतलाई रक्षा मन्त्रीले बाटो उद्घाटन हुँदैछ भन्ने कसरी थाहा भएन वा हुन सकेन ?’, विज्ञप्तिमा थप भनिएको छ, ‘थाहा पाई उनले सरकारलाई जानकारी गराएको भए परराष्ट« मन्त्रालय के हेरेर बस्या ? यदि राजदूतलाई थाहा छैन भने तत्काल बोलाएर जानकारी लेऊ।’

अभियानका सदस्य कमल बरालले विश्व कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट ग्रस्त भएको र नेपाल भारत दुवैमा बन्दबन्दी (लकडाउन)मा रहेको मौका छोपी भारतका रक्षामन्त्रीले सडक उद्घाटन कार्य गर्नु र सार्वजनिक भइसकेको विषय पनि सरकारका सम्बन्धित निकाय र राजदूत बेखर भएको समाचार छापामा पढ्दा आश्चर्य चकित भएको बताएका छन्।
 
भारतीय रक्षामन्त्री राजनाथ सिंहले शुक्रबार भिडियो कन्फेरेन्सनमार्फत लिपुलेक हुँदै कैलाश मानसरोवर जाने बाटो उद्घाटन गरेका थिए। 

 नेपालको छातीमा भारतीय गाडीहरु दोड्न सुरु भएको  जनाउँदै सरकारको नालायकीपनका कारण नेपाली जनता आफ्नो मातृभूमिमा विदेशीले परेड खेलेको र गाडी दौडाएको  टुलुटुलु  हरेर बस्न बाध्य भएको विज्ञप्तिमा उल्लेख छ। 

कालापानी र सुस्तामा नेपाल भारत सीमामा विवाद रहेको कुरा दुवै देशले स्वीकार गरेको, समस्या समाधानको लागि परराष्ट्र सचिवस्तर संरचना बनाएको बताउँदै अभियानले त्यसको बैठकका लागि नेपालले गरेका आग्रह बेवास्ता गरी नेपाली भूमिमाथि भारतद्वारा गरिएको नांगो हस्तक्षेपको भत्र्सना गरेको छ। 

नेपाल सरकारलाई आफ्नो भूमिको रक्षाका लागि तुरुन्त कदम चाल्न आग्रह गर्दै तत्काल  सुगौली सन्धिले तोकेको नेपालको आधिकारिक नक्सा प्रकाशन गरी आफ्नो दाबी पेश गर्न मागसमेत गरेको छ। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.