विकास निर्माणका योजना सञ्चालन गर्न अनुमति

विकास निर्माणका योजना सञ्चालन गर्न अनुमति

बैतडी : लकडाउनका कारण रोकिएका विकास निर्माणका कामहरु सुचारु हुने भएका छन्। लकडाउनमा पनि सावधानी अपनाएर निर्माणका कामहरु गर्नका लागि जिल्ला प्रशासन कार्यालय बैतडीले अनुमति दिएको छ।

जिल्ला प्रशासन कार्यालयबाट १ सय बढी योजना सञ्चालनका लागि अनुमति दिइएको सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले जानकारी दिए। उनले भने ‘लकडाउनका समयमा विकास निर्माणका कामलाई सावधानी अपनाएर निर्माण गर्नको लागि स्थानिय तह र विकासे कार्यालयलाई अनुमती दिएका हौं। अनुमति पाएका विकास निर्माणका योजनाहरुको काम सुचारु हुनेछ।’ लकडाउनको अवधि थपिदै गएपछि जिल्ला प्रशासन कार्यालयले स्थानीय तहका समपुरक अनुदानका योजना र ठूला आयोजनालाई अनुमति दिएको जनाएको छ। ‘विकास निर्माणका काम प्रायः ठप्प भएपछि सरकारकै निर्णय अनुसार हामीले ठूला र सञ्चालन गर्नैंपर्ने योजनाहरुमा काम सञ्चालन गर्न अनुमति दिएका हौं।’

निर्माण व्यवसायीले सम्वन्धित कार्यालयलाई र सम्वन्धित कार्यालयले जिल्ला प्रशासनलाई अनुमतिका  लागि सिफारिस गरिएका योजनालाई अनुमती दिएको सहायक प्रमुख जिल्ला अधिकारी नेगीले बताए। भने ‘प्रदेश गौरवका योजना,रकम फ्रिज जान सक्ने योजना र सम्बन्धित कार्यालयहरुले सिफारिश गरि पठाएका योजनाहरुमा काम गर्न अनुमति दिइएको छ।’

स्थानीय तहमा सुर्नया गाउँपालिका बाहेक सबै स्थानीय तहले विकास निर्माणको कामका लागि अनुमती लिएका छन् भने विकासे योजनामा महाकाली जलाधार पाटन बाहेक सबैले अनुमती मागेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। माग भई आएका सबै स्थानीय तह र विकासे कार्यालयलाई अनुमति दिइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। विश्वभरी महाकारीका रुपमा फैलिएको कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि गत चैत ११ गतेदेखि लकडाउन गरिएपछि यहाँका विकास निर्माणका कामहरु ठप्प रहेका थिए।

प्रदेश गौरवको योजना र अन्य पूर्वाधार विकास योजनामा काम सञ्चालन गर्ने अनुमति पाइएकाले अब काम सञ्चालन हुने पूर्वाधार विकास कार्यालयका प्रमुख जगतप्रसाद जोशीले बताए। उनले भने ‘अनुमति पाएका योजनाहरुमा काम शुरु गर्न भनिसकेका छौं। सम्बन्धित निर्माण व्यवसायीहरुले सामग्रीको जोहो गर्न थालेका छन्।’

यसैबीच लकडाउनका कारण काम अघि बढ्न नसकेको सतबाँझ-श्रीभावर-हाट सडकको पनि काम अघि बढ्ने भएको छ। प्रदेश गौरवको योजनाको रुपमा रहेको सो सडकको काम अघि बढ्ने पूर्वाधार विकास कार्यालयका प्रमुख जोशीले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.