आर्टको अनलाइन प्रदर्शनी

आर्टको अनलाइन प्रदर्शनी

काठमाडौं : विश्वभर फैलिएको कोरोना महामारीले यतिबेला कलाको विश्वयात्रा पनि टक्क रोकिएको छ। कलाकारहरू घरभित्र क्वारेन्टाइनमा छन्। जस्तोसुकै अवस्थामा पनि नथाक्ने कलाकारहरू कोभिड— १९ लाई चुनौती दिँदै घरभित्रै बस्दा पनि सिर्जनामा सक्रिय छन्। उनीहरू अमूल्य सिर्जना गरिरहेका छन्। यो विषम परिस्थतिमा पनि केही चित्रकार आफ्ना सिर्जना विश्वस्तरमा पुर्‍याउन लागिपरेका छन्। अग्र्यानिक चित्रको स्वाद संसारलाई चखाउन उनीहरू काम गरिरहेका छन्।

आफ्ना चित्रलाई सामाजिक सञ्जालबाट प्रदर्शन गर्दै आएका कलाकारहरू अब एक भएर चित्रको भिडियो प्रदर्शनी गर्ने तयारीमा छन्। ‘भर्चुअल साउन्ड’ नाम दिइएको यो अनलाइन आर्ट प्रदर्शनीमा देशभरका चित्रकार समावेश हुनेछन्।

चित्रकार तथा भर्चुअल साउन्ड संयोजक एनबी गुरुङका अनुसार अनलाइन आर्ट प्रदर्शनीका रूपमा भर्चुअल साउन्ड शीर्षकमा यस्तो प्रदर्शनी गर्न लागिएको हो। कलाकारका आवाज र भावना समेट्ने कोसिस गरिएको हो। कलाकारहरू के गरिरहेका छन् ? के सोचिरहेका छन् ? कस्ता विषय चित्रमा उतारिएका छन् ? यी सबै सबाल सम्बोधन गर्न अनलाइन आर्ट प्रदर्शनी सुरु गर्न लागिएको हो।

प्रदर्शनीमा ललितकला प्रज्ञा प्रतिष्ठानका प्राज्ञ तथा अग्रज कलाकारको भिडियो सन्देश पनि समावेश हुनेछ। मुकेश मल्ल, के के कर्माचार्य, राधेश्याम मुल्मी, बुद्धि गुरुङ, सुष्मा राजभण्डारी, केशव खनाल, दि राम पाल्पाली, यादव भुर्तेल, रमेश श्रेष्ठलगायतका चित्रकारले प्रदर्शनीका लागि चित्र पठाएका छन्। यसका लागि ७० देखि ८० वटा चित्र संकलन भएका छन्। यीमध्ये उत्कृष्ट ५० कलाकृति प्रदर्शनीमा समावेश हुनेछन्।

जेठको पहिलो साता सामाजिक सञ्जालका विभिन्न माध्यम, युट्युब च्यानलबाट एकैसाथ सुरु हुने अनलाइन प्रदर्शनी तयारीको क्रममा छ। संकलन भएका चित्रलाई थ्र्रीडी एनिमेसन गरेर, उत्कृष्ट भिडियो बनाएर, आकर्षक डिजाइन बनाएर प्रदर्शनीमा समावेश गरिनेछ।

नेपाली कलाकारको चित्र विश्वस्तरमा पुगोस्, कलाकृति बिक्री होस् भन्ने उद्देश्यले प्रदर्शनी गर्न लागिएको गुरुङले बताए। प्रदर्शनीमा बिक्री भएका आर्टबाट १० प्रतिशत सामाजिक सेवाका लागि छुट्ट्याइने छ। नेपालमै पहिलो पटक डिजिटल माध्यमबाट आर्ट प्रदर्शनी गर्न लागिएको गुरुङले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.