खुकुरी प्रहार गरी कान्छी श्रीमतीको हत्या
![खुकुरी प्रहार गरी कान्छी श्रीमतीको हत्या](https://annapurnapost.prixacdn.net/media/albums/murder-hatya_20190412132817_rIPTrtCU02.jpg)
भरतपुर : चितवन खैहरनीका एक पुरुषले आफ्नै श्रीमतीको हत्या गरेका छन्। खैरहनी नगरपालिका–९ सिमलटाँडीका ४२ वर्षीय कृष्णप्रसाद अधिकारीले श्रीमती ३४ वर्षीया मञ्जु अधिकारीको हत्या गरेको चितवन प्रहरीका प्रवक्ता एसपी एकनारायण कोइरालले जानकारी दिए।
एसपी कोइरालाका अनुसार घरायसी विवादका कारण शनिबार राति १० बजे खुकुरी प्रहार गरी कृष्णप्रसादले श्रीमतीको हत्या गरेका हुन् । प्रहरीका अनुसार उनका दुई श्रीमती थिए।
हत्या गरिएकी श्रीमती कान्छी हुन् । कृष्णप्रसादलाई राति नै नियन्त्रणमा लिइएको र अहिले अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)