बजारमा म्याद गुज्रिएका सामान

बजारमा म्याद गुज्रिएका सामान

दाङ : तुलसीपुरमा म्याद गुज्रिएका उपभोग्य वस्तुहरू बिक्री गर्ने गरेको पाइएको छ। खाना नमिल्ने, म्याद गुज्रिएका र पुराना सामान बेचिरहेको गुनासो आएपछि स्थानीय सरकारले गरेको अनुगमनमा यस्तो पाइएको हो।

लकडाउनको समयमा गलत फाइदा उठाउँदै म्याद नाघेका र अखाद्य वस्तु बिक्री गर्दै आएका थोक तथा खुद्रा पसलहरूमा मंगलबार गरिएको अनुगमनका बेला अधिकांश पसलबाट म्याद गुज्रिएका सामान बरामद गरिएको उपमहानगरको उपभोक्ता हित संरक्षण शाखाकी अधिकृत रेवा रावतले बताइन्।

तुलसीपुर क्षेत्रका ४ वटा पसलबाट ठूलो मात्रामा त्यस्ता सामान बरामद भएको छ। तुलसीपुर उपमहानगरपालिकाले विभिन्न सरोकारवाला निकायसँगको समन्वयमा गरेको अनुगमनका क्रममा खाद्यान्न तथा किराना पसलबाट अखाद्यका साथै म्याद नाघेका वस्तुहरू समेत बेच्ने गरेको पाइएकाले त्यस्ता सामान बरामद गरिएको र व्यवसायीलाई सचेत गराइएको अधिकृत रावतले बताइन्।

‘अनुगमनको समयमा चाउचाउ, बिस्कुट, चिउरा, बेसन, तेल, लिचीको जुस, फ्रुटी, मसला, गुल्कोज, एप्पल जुस लगायतका सामान म्याद गुज्रिएको भेटियो’, अधिकृत रावतले भनिन्, ‘त्यस्तो सामान बरामद गरेर नष्ट गरिएको छ।’ सामान बरामद गरिएका पसलहरूमा जेसिज चोकमा रहेको ढकाल स्टोर, उद्योग वाणिज्य संघको चोकमा रहेको पञ्चकोशी ट्रेडर्स, दूरसञ्चार अगाडिको पञ्चकोशी सप्लायर्स र वीरेन्द्र चोक नजिकको अरनिको मिनी मार्केट लगायत छन्। शाखाकी अधिकृत रावतको नेतृत्वमा बजार क्षेत्रभित्र रहेका एक दर्जन पसलमा अनुगमन गरिएको थियो।

अनुगमनको क्रममा पसलहरूमा मूल्य सूचीसमेत नभएको पाइएको छ। सो क्रममा सबै पसललाई मूल्य सूची राख्न निर्देशन दिइएको थियो। ‘सबै पसलले मूल्य सूची राख्ने प्रतिवद्धता जनाएका छन्’, उनले भनिन्। अनुगमनमा इलाका प्रशासन कार्यालय, सुरक्षाकर्मी, जनप्रतिनिधि, उद्योग वाणिज्य संघ लगायतका प्रतिनिधिको सहभागिता थियो। बजारमा दैनिक उपभोग्य वस्तुको मूल्यसमेत बढिरहेको र यसको नियमन महत्वपूर्ण रहेको वडा नं ५ का वडासदस्य सुरेश श्रेष्ठले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.