कोरोना रोकथामको तयारी बुझ्न जुम्लामा मुख्यमन्त्रीको टोली

कोरोना रोकथामको तयारी बुझ्न जुम्लामा मुख्यमन्त्रीको टोली

सुर्खेत : कर्णाली प्रदेशमा कोरोना रोकथामको तयारीबारे जिल्लागत अवस्था बुझ्न यहाँका मन्त्रीहरुले नियमित अनुगमन जारी राखेका छन् । जसअनुसार आइबार बिहान कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही लगाएतको टोली हेलिकप्टरबाट जुम्ला पुगेको छ । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोना रोकथाम तथा नियन्त्रणका लागि गरेको तयारी लगाएत स्वास्थ्य क्षेत्रको अवस्थाबारे अनुगमन तथा निरीक्षण गर्न मुख्यमन्त्रीको टोली जुम्ला पुगेको हो । 

सामाजिक विकास मन्त्री दलबहादुर रावल, प्रदेश सरकारका प्रमुख सचिव टेकनारायण पाण्डे र स्वाास्थ्य निर्देशक रीता भण्डारी (जोशी) अनुगमनका लागि जुम्ला गएका हुन् । अनुगमनपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएका समस्या समाधानका लागि पहल गर्नुका साथै प्रतिष्ठानले कोरोना रोकथामका लागि गरेको राम्रो कामको अन्य ठाउँमा सिको गर्न लगाइने स्वास्थ्य निर्देशक भण्डारीले बताइन् । उनका अनुसार आइतबार नै कोरोना रोकथाम तथा नियन्त्रणका लागि कर्णालीका २७ स्थानमा प्रदेश सरकारले चिकित्सक टोली खटाउने भएको छ । 

यसअघि प्रष्ठिानले कर्णाली प्रदेशमा कोरोना भाइरस (कोभिड १९) रोकथामका लागि चीनको बुहान मोडलमा चिकित्सकसहितको टोली गाउँ खटाउने अभियान सञ्चालन गरेपछि प्रदेश सरकारले सर्मथन गरेको हो । पहिलो चरणमा प्रतिष्ठानका विशेषज्ञ चिकित्सकसहित २० जना स्वास्थ्यकर्मीको टोली जुम्ला, ६ जनाको टोली मुगु र हुम्लाका गाउँ गाउँमा खटाइएको थियो । 

यो मोडलका आधारमा कर्णालीका दश वटै जिल्लामा चिकित्सकको टोली परिचालन गर्ने तयारी भएको हो । गाउँ खटिने चिकित्सकको टोलीमा नर्सिङ, चिकित्सक र जनस्वास्थ्य विज्ञहरु रहने छन् । उनीहरुले घरदैलोमै पुगेर कोरोनाबारे अनुसन्धान, उपचार र सचेतनाका क्रियाकलाप गर्नेछन् । कोरोना माहामारीको जोखिमलाई मध्यनजर गर्दै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले नौ वटा भेन्टिलेटरसहित १० आइसियु कक्षको व्यवस्थापन गरेको छ । भने एकसय २० बेडको आइसोलेसन कक्ष स्थापना गरेको छ । 

यसअघि कर्णाली प्रदेशको सुर्खेतस्थित प्रदेश अस्पतालबाट मात्रै हुने कोरोना भाइरसको पीसीआर परीक्षण जुम्लास्थित प्रतिष्ठानमा पनि गत सोमबारदेखि हुँदै आएको छ । त्यसका लागि प्रतिष्ठानले २७ लाख बढीको लगानीमा टेण्डर गरी चीनबाट पीसीआर मेसिन र किटसमेत आफैँ खरिद गरेको हो । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.