प्यूठानमा आरडीटी किट अभाव : परीक्षणबिना कोही घर गए, कोही क्वारेन्टाइनमै

प्यूठानमा आरडीटी किट अभाव : परीक्षणबिना कोही घर गए, कोही क्वारेन्टाइनमै

प्यूठान : स्वास्थ्य कार्यालय प्यूठानले ६ हजार ५ सय र्‍यापिड डाइग्रोस्टिक टेस्ट (आरडीटी) किट माग गरेकोमा जम्मा तीन सय थान किट जिल्लामा आएको छ । सोमबार सामाजिक विकास मन्त्रालय प्रदेश ५ ले उक्त संख्यामा किट पठाएको स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख विशाल सुवेदीले जानकारी दिए । 'माग गरेको ६ हजार ५ सय हो, उनले भने, 'तर अत्यन्तै न्यून संख्यामा आएको छ ।' उनले प्राप्त किटलाई जिल्लास्थित विपत् व्यवस्थापन समितिमा छलफल गरेर प्रयोग गर्ने विषयमा थप योजना बनाइने जानकारी गराए । 

आपत्कालिन अवस्थालाई सुल्झ्याउनका लागि थोरै भएपनि मन्त्रालयले किट पठाएको उनको भनाइ छ । हाल जिल्लाभर क्वारेन्टाइनमा बसेका र चेकजाँच नगरी फर्किएकाको संख्या हेर्दा उक्त किट अपुग हुन्छ । 

आरडीटी किट अभाव भएपछि १४ दिनसम्म क्वारेन्टाइनमा बसेका ५ सय ५६ जना व्यक्तिहरु स्वास्थ्य जाँचबीनै घर फर्किएका छन् । अझै ५ सय २६ जना क्वारेन्टाइनमा बसिरहेका छन् । 

क्वारेन्टाइनमा बसेर चेकबीनै घर पठाउँदा थप जोखिम हुनसक्ने स्थानीयको गुनासो छ । सरकारले चेकजाँचलाई तीव्रता दिन जिल्लाबासीले माग समेत गरेका छन् । यसअघि जिल्लामा ३ सय २० वटा आरडिटी आएकोमा सबै सकिएको स्वास्थ्य कार्यालय प्रमुख सुवेदीले जानकारी दिए । 

कोरोनाको त्रास दिनप्रतिदिन बढ्दै जाँदा परीक्षणको दायरालाई सरकारले खुम्चाउँदै लगेको छ । जिल्लामा माग गरेजति किटको अभाव हुँदा स्वास्थ्यकर्मीले चाहे अनुसार सेवा प्रवाह गर्न नसकेको गुनासो पोखेका छन् । 

प्यूठान नगरपालिका १ दाखाक्वाडीमा रहेको क्वारेन्टाइनमा बसेका दुईजना युवाको आरडीटी परीक्षणमा पोजेटिभ देखिएपछि जिल्लामा थप त्रास फैलिएको छ । तर, उनीहरुको पीसीआर रिपोर्ट अझै आएको छैन् । 

सोमबार दिउँसोसम्म प्रदेश ५ मा कुल ४० जनामा कोरोना पोजेटिभ देखिएको छ । प्यूठानसँग नजिक रहेका तराईका जिल्लामा समेत कोरोना पोजिटिभ भएका व्यक्ति फेला परेपछि थप कडाइ गराउनुपर्ने जिल्लाबासीको आग्रह छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.