भारतीय अतिक्रमणको विरोध गर्दा सीमा बचाउ अभियान्ताहरु पक्राउ

भारतीय अतिक्रमणको विरोध गर्दा सीमा बचाउ अभियान्ताहरु पक्राउ

 काठमाडौँ : नेपाली भूमि अतिक्रमण गरी भारतले सडक बनाएकोमा विरोध प्रदर्शन गर्ने क्रममा सीमा अभियान्ताहरुलाई प्रहरीले पक्राउ परेको छ ।

सीमा बचाउ अभियानको नक्सा समितिका सहसंयोजक एवं पूर्वसचिव डा. द्वारिका नाथ ढुंगेल, पूर्व महालेखा परीक्षक सुकदेव भट्टराई, पूर्व प्रहरी उपरीक्षक दिलिप बस्नेत, नेपाली सेनाका पूर्व सहायक रथी रामकृष्ण थापा र प्राध्यापक सागर खड्का लगायत प्रहरी पक्राउ  हो ।

सीमा बचाउ अभियानका सदस्य कमल बरालका अनुसार उनीहरुलाई बार एसोसियसनको कार्यालयबाट माइतीघर जाँदै गर्दा प्रहरी पक्राउ गरेको हो । उनीहरुका साथै समिर बुढाथोकी, संघर्ष दाहाल, सविन सिग्देल, संजय महतो, उपदेश यादव, निर्गराज जैसी, रविन बस्नेत, पुजा कडेल, सागर केसी, भूमिराज अधिकारी, प्रवेश दाहाललाई माइतिघरबाट पक्राउ गरेका छ । उनीहरु नेपाल पुलिस क्लबमा राखिएको छ ।

सीमा बचाउ अभियानका संयोजक भैरव रिसालद्धारा विज्ञप्ती जारी सीमा अभियान्तालाई पक्राउ गरेको घोर भत्र्सना गर्दै उनीहरुलाई तत्काल रिहाई गर्न माग गरिएको छ । नक्सा अतिक्रमणका विरुद्ध नक्सा प्रतिरोध, भूमि अतिक्रमणका  विरुद्ध भूमि सुरक्षा, प्रशासनिक अतिक्रमणका विरुद्ध प्रशासनिक प्रतिरोध, सैन्य अतिक्रमणका विरुद्ध सैन्य प्रतिरोध तथा कुटनैतिक अतिक्रमणका विरुद्ध कुटनैतिक प्रतिरोधको नीति अबल्मब गरी तत्काल अतिक्रमित भूभाग फिर्ता गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग अभिलम्ब वार्ता गर्न विज्ञप्ति मार्फत माग गरिएको छ । सीमा अभियान्ताको पक्राउको विरोधमा सीमा बचाउ अभियानका सदस्यको घरमा बेलुका ८ बजे बत्ति निभाउने कार्यक्रम छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.