विप्लवका कार्यकर्ताले जलाए मोदीको पुत्ला
कालिकोट : कालिकोटमा नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेकपा कम्युनिष्ट पार्टीका कार्यकर्ताले भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाएका छन्। पार्टीको केन्द्रीय समितिको निर्देशन अनुसार नेकपाका कार्यकर्ताले सोमबार जिल्लाका बिभिन्न ठाँउमा भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाएका हुन्। उनीहरुले पुत्लामा म मोदी हुँ, लिपुलेक केपी ओली जिले बिक्रि गरेका हुन् भनेर लेखेर जलाएका छन्।
नेपाली भुमी लिपुलेक, लिम्पियाधुरा र कालापानीमा भएको भारतिय नाङगो हस्तक्षेपविरुद्धमा जिल्लाभरी भारतिय प्रधानमन्त्री मोदीको पुत्ला जलाइएको नेकपा कालिकोटका सेक्रेटरी मनीलाल ऐडी रणदीपले जानकारी दिए। उनले लकडाउनका बेला सत्ताधारी नेकपाका पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता टिकाउन नेपाली भुमी बेचेको आरोप लगाए। जिल्लाको पचालझरना गाउँपालिकामा मोदीको पुत्ला दोहन कार्यक्रम पछि कोणसभाको आयोजना गर्दै उनले भने 'सत्ताधारी नेकपाको पार्टी भित्रै विवाद चर्किएपछि ओलीको सरकार संकटमा पर्दा प्रधानमन्त्री ओलीले नेपाली भुमी भारतलाई बेचेर सत्ता टिटकाउने खेल खेलेका छन्। हामी मातृ भुमीको रक्षाका लागि अब बलिदान दिनु परे पनि तयार छौँ। भारतिय हष्तक्षेप सहेर बस्दैनौँ।' उनले पार्टीको निर्णय अनुसार नेकपाले संघर्षका कार्यक्रमहरु बढाउदै जाने उल्लेख गरे।
यस्तै नेकपा जिल्ला इन्चार्ज कर्णबहादुर भणडरु बिराडले बर्तमान सरकारले प्रधानमन्त्री निवासी बालुवाटार आफ्ना पार्टीका नेता बिष्णु पौडेललाई र लिपुलेक, लिम्पियाधुरा र कालापानी भारतलाई सुम्पेको आरोप लगाए। उनले भने 'अहिलेका सरकारका मन्त्रीहरु भ्रष्टचारी छन्। उनीहरुले सबै किसिमका दलाली सकेर देशको भुमी बेच्न थालेका छन्। बर्तमान सरकारका भुमी व्यवस्था मन्त्री पद्मा अर्यालले सञ्चार माध्याममा नै लिपुलेक नेपालको नक्समा हिजो पनि थिएन। आज पनि छैन भन्नुको अर्थ यो सरकारले नेपाली भुमी बिक्रि गरेको प्रष्ट्याएको छ। अब हाम्रो पार्टीको मुख्य एजेण्डा नै संघर्ष बनेको छ। यसबाट आउने परिर्णामको जिम्मा सरकारले नै लिनुपर्छ। उनले आफ्नो पार्टीले हिंसाको राजनीति गर्न नचाएको भएपनि मुलुक र जनताको रक्षाको लागि हिंसाको बाटोमा जान हामीलाई बाध्य बनाईदैछ।
लकडाउनको उलंघन गर्ने घोषणा
विप्लव नेतृत्वको नेकपाले विश्वभरी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको रोकथामका लागि सरकारले लकडाउन गरेपनि आफुहरुले सोमबारदेखि लकडाउनको उलंघन गरी संघर्षका कार्यक्रम गर्ने जनाएको छ। नेकपाका जिल्ला सेक्रटरी ऐडीले भने 'हामीले यस अघि सरकारले गरेको लकडाउनको पालना गरेका थियौँ। नागरिकलाई राहत र उद्धारका कामका सहयोग गरेका थियौँ। तर अब भारतले हडपेको नेपाली भुमी फिर्ता गर्न माग सहित आन्दोलनका कार्यक्रम सुरु भएका छन्। अब लकडाउन मान्दैनौँ।'
उनले पार्टीको केन्द्रीय समितिले तय गरेर निर्देशन गरे अनुसार जिल्लामा संघर्षका कार्यक्रमहरु गरिने जानकारी दिए। उनले भने 'नेपाली नागरिकहरुले मुलुक र जनजिविका सवालहरुमा बोल्दा प्रतिबन्द लगाएर जेल हाल्ने तर मातृभुमी अतिक्रमण गर्ने, सिमा मिच्ने दुष्मनका बिरुद्ध बोल्न नसक्ने सरकार जनताका अगाडी नालाएक साबित भएको छ। हामी यो सरकारलाई सडकबाटै चुनौती दिन चाहान्छौँ। दुई तिहाईको दम्ब देखाउन सरकार भारतिय बिस्तारबादका सामु किन मौन बसेको छ। उनले खोक्रो राष्टबादका नाममा बक्तव्य जारी गर्ने र निर्णयका रुपमा भुमी फिर्ता गर्न नसक्ने सरकारको नेतृत्व प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने बताए।