भारतले धमाधम नेपाली पठाउन थालेपछि नवलपरासीमा कोरोना जोखिम बढ्यो

भारतले धमाधम नेपाली पठाउन थालेपछि नवलपरासीमा कोरोना जोखिम बढ्यो

परासी : भारतीय सुरक्षाकर्मीले रोकतोकबिना नेपालीलाई पठाउँदा पश्चिम नवलपरासीमा कोरोना जोखिम बढेको छ । नेपालबाट भारत जाने र भारतबाट नेपाल आउने दुई देशका नागरिकलाई जहाँको त्यही राख्ने सहमति भएपनि सीमा क्षेत्रमा खटिएका भारतीय सुरक्षाकर्मीले नेपालीलाई निर्वाध पठाउने गरेको पाइएको छ । त्यसरी नेपाल आउने केही नेपाली भारतीय सुरक्षाकर्मीकै मिलमतोमा ठगिन पुगेको गुनासो छ । 

जिल्लाको महेशपुर, गेर्मी, भूजहवा, झोलनीपुर, बलिनगर, लक्ष्मीपुर, विस्नुपुरालगायतका नाका र लुकीछिपी घर आउनेको संख्या बढ्दो छ । संख्या बढ्दै गए अबको एक साताभित्र भारतबाट जिल्ला भित्रिनेको संख्या करिब ४ हजारको हाराहारीमा पुग्ने स्थानीय तहका प्रमुखहरुको अनुमान छ।

दिनप्रतिदिन संख्या बढ्न थालेपछि स्थानीय तहलाई उनीहरुको व्यवस्थापन गर्न समेत समस्या भएको छ । जसका कारण जिल्लामा जोखिम बढेको हो । भारतीय सुरक्षाकर्मीले धमाधम नेपाल पठाउन थालेपछि हप्ता दिनको अवधिमा क्वारेन्टाइनमा बस्नेको संख्या दोब्बरले वृद्धि भएको छ । हप्ता दिनअघि क्वारेन्टाइनमा बस्नेको संख्या १ सय १५ रहेपनि सोमबार दिउँसोसम्म संख्या बढेर २ सय १९ पुगेको स्वास्थ्य कार्यालयका प्रमुख गौरव ढकालले बताए । ति सबै भारतबाट आएका हुन् ।

२८ किलोमिटर सीमा क्षेत्रमा फैलिएको यो जिल्ला भारतको बिहार र उत्तर प्रदेशसँग जोडिएको छ । सोमबार दिउँसोसम्म जिल्लाको सीमा क्षेत्रको दसगजा क्षेत्रमा करिब १ सय ५० को हाराहारीमा नेपालीहरु आएर बसेका छन् । 

आइतबारदेखि आएका उनीहरुलाई सीमा क्षेत्रमा खटिएका नेपाली सुरक्षाकर्मीले आउन नदिएपछि दसगजामै अलपत्र छन् ।  उनीहरु खुला आकाशमा बस्न बाध्य छन् । केही मजदुर बालबच्चासहित छन् । अलपत्र परेकालाई संघसंस्था र सुरक्षाकर्मीले खाना पुर्‍याएका छन् । उनीहरु सबै भारतमा काम गर्न गएका मजदुर हुन् । 

भारतीय सुरक्षाकर्मीले निर्वाध नेपाल पठाउने गरेका कारण समस्या उत्पन्न भएको प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालले भने । सोमबार दिउँसोसम्म सीमा क्षेत्रका दसगजामा १ सयभन्दा बढी नेपाली अलपत्र परेर बसेको उनले बताए ।'नेपालबाट भारत जान खोज्ने र भारतबाट नेपाल आउन खोज्नेलाई त्यहीको सरकारले व्यवस्थापन गर्ने सहमति भएपनि भारतीय सुरक्षाकर्मीले बिना रोकतोक पठाउँदा समस्या भयो। सरकारले यता नल्याउ भन्छ ।नीतिगत समस्याले हामीले पनि ल्याउन सक्दैनौं, 'प्रजिअ दाहालले भने ।

उताबाट आएका नेपालीलाई शसस्त्र प्रहरीले बुझाउन जाँदा भारतीय सुरक्षाकर्मीले लिन नमान्दा उनीहरुको गाँस र बाँसको समस्या भएको उनले बताए । भारत सरकारले मजदुरका लागि ट्रेन (रेल) सञ्चालन गरेको छ । त्यहाँबाट नेपाली सीमासम्म डिपो गाडी (सरकारी बस) सञ्चालन गरेको छ । त्यसले गर्दा नेपालीहरु धमाधम घर फर्कन थालेका हुन् । 

गुजरातबाट रेल चढेर गोरखपुरसम्म आएका सुनवल नगरपालिका वनकट्टीका सोनु लोहारले नेपाली धमाधम घर आउन थालेको बताए ।'म गोरखपुरसम्म ट्रेनमा आए । त्यहाँबाट डिपो गाडीमा ठूठीबारसम्म आएपछि घर आएका हुँ,' उनले भने, घर आएपछि उनलाई सुनवल नगरपालिकाले स्थापना गरेको क्वारेन्टाइनमा लगिएको छ ।'

बस्ती जिल्लाको बलरामपुरस्थित एक फर्निचर उद्योगमा काम गर्ने सुस्ता गाउँपालिका रामनगरका गोबिन्द वनियाँले भारतीय सुरक्षाकर्मीले सामान्य सोधपुछ गरेपनि अवरोध नगरी नेपाल आउन दिएको बताए । आइतबार उनीसँगै आउने १७ नेपाली अहिले सुस्ताको बलिनगर सीमाको दसगजामा चौरमा बसेका छन् । बलिनगर सीमाको दसगजामा मात्र करिब ७० बढी नेपालीहरु अलपत्र रहेको सुस्ता गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेले बताए ।
  
भारतमा रेल र बस चलेपछि अहिले स्थानीय तहका प्रमुखहरुलाई आफूहरु घर फर्कन लागेको भन्दै जानकारी दिन थालेका छन् ।'मलाई ३० जना जतिले फोन गरेर घर आउँदै छु भनेका छन् । फोनमा बताएअनुसार १÷२ दिनमा करिब ३ सय बढी नेपाली सुस्ता आउँदैछन्,' गाउँपालिकाका अध्यक्ष पाण्डेले भने, 'स्थिति भयावह बन्दै छ ।  उनीहरुको व्यवस्थापन गर्न पनि समस्या भएको छ । त्यो भन्दा ठूलो समस्या कोरोना संक्रमण फैलिन सक्ने छ।'

भारतीय सुरक्षाकर्मीले निर्वाध आउन दिँदा यस्तो समस्या आएको उनले बताए ।'दसगजामा आइसकेपछि व्यवस्थापन त गर्न पर्‍यो तर नेपाल ल्याउन अनुमति नभएकाले नेपाली सुरक्षाकर्मीले नै दसगजाबाट पठाउन मानेका छैनन् , 'उनले भने  जिल्लामा करिब ४ हजारको हारहारीमा एकहप्ता भित्र नेपाली भारतबाट आउन सक्ने उनको अनुमान छ । 

भारतबाट नेपाल आउनेको संख्या बढ्न चालेपछि आफूले ५ हजार जनालाई राख्न सक्ने गरी संघसंस्था र विद्यालयहरुको छनौट गरी तयारी अवस्थामा राख्ने पहल सुरु गरिएको सुनवल नगरपालिकाका प्रमुख भीमबहादुर थापाले बताए ।

भारतीय प्रहरीको मिलमतोमा लुट

भारत उत्तरप्रदेशस्थित बस्ती जिल्लाको बलरामपुरका विभिन्न उद्योगमा काम गर्ने १७ जनाहरुले भारतीय सुरक्षाकर्मीहरुको सहयोगमा आफूहरु लुटिन पुगेको गुनासो गरेका छन् । नेपाल आउन थालेका उनीहरुलाई सडकमा देखेपछि त्यहाँको प्रहरीले केरकार गर्न थालेको थियो ।

त्यसक्रममा उनीहरु घर जान चाहेको बताएपछि प्रहरीले नै भाडाको गाडी व्यवस्था गरेको थियो । 'हामीलाई लिन प्रशुराम चौकी भित्रै गाडी आयो । सुस्ताको सीमासम्म पुर्‍याउन ३४ हजार लाग्ने जनाएपछि प्रहरीकै अगाडी पैसा दियौं,' 'सुस्ता गाउँपालिका रामनगरका गोबिन्द वनियाले भने।

१७ जनाको समूहमा रहेका उनीहरुसँगै चौकीले एकजना प्रहरीलाई पनि साथै पठाएको थियो । करिब १ सय किलोमिटर  पछि महाराजगञ्ज जिल्लाको फरेन्दामा सुरक्षाकर्मीको चेकजाँच थियो । 'तपाईहरु चेकजाँच गराएर आउनुस् हामी यही छौं भनेर पठाए । पछि आउँदा प्रहरी र गाडी दुबै भागेछन्, 'वनियाँले भने ।

रकम नभएपछि आफूहरु फरेन्दाबाट करिब १ सय २० किमि पैदल सुस्ताको बलिनगर दसगजामा आएको उनले बताए ।'प्रहरी साथमा आएपछि हामी ढुक्‍क थियौं तर प्रहरी र चालकले हामीलाई ठगेर भागे,' उनले भने ।   


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.