सिंगापुरमा सामाजिक दूरी कायम राख्न रोबोटका कुकुरको गस्ती
सिंगापुर : सिंगापुरमा उच्च सावधानी अपनाएकै कारण कोभिड १९ महामारीले ठूलो क्षति भएको छैन ।
हालै सामाजिक दूरी कायम गर्न सिंगापुरको सरकारले नयाँ तरिका अपनाएको छ । प्रविधिको प्रयोग गरी सिंगापुरमा ‘रोबोट डग’ अर्थात् रोबोटका कुकुरहरु तैनाथ गरिनेछ । गत शुक्रबार सरकारले पहेँलो र कालो रंगका रोबोटहरु सहरमा छाडिने घोषणा गरेको थियो । खासगरी स्थानीय पार्कमा त्यस्ता कुकुर खटाइने भएको हो ।
स्थानीय मिडियाले जनाए अनुसार चारखुट्टे रोबोटहरुले सामाजिक दूरी कायम भएको छ कि छैन भनी गस्ती गर्नेछन् । यस्तो गस्ती यो हप्ताभरी हुने बताइएको छ । रोबोटमा क्यामेरा समेत जडान हुनेछ । जसले गर्दा स्थानीय अवस्थितिको तस्बिर कैद गर्नेछ ।
सिंगापुरमा मार्च १७ देखि हालसम्म कोरोना भाइरसका संक्रमित २ सय ६६ देखि २१ ह्जार ७ सयसम्म पुगेका छन् । सिंगापुरमा मार्चमै देशव्यापी ‘कन्ट्र्याक ट्रेसिङ’ गरिएको थियो । यससँगै हालै गस्तीमा खटाइने रोबोट कुकुरले संक्रमितलाई औषधि समेत वितरण गरिदिनेछन् ।