काठमाडौंबाट प्यूठान आएका ११ जनामा आरडीटी पोजिटिभ

काठमाडौंबाट प्यूठान आएका ११ जनामा आरडीटी पोजिटिभ

प्यूठान : प्यूठानका ११ जनाको र्‍यापिड डाइग्रोस्टिक टेस्ट (आरडीटी) परीक्षण पोजिटिभ देखिएको छ । प्यूठान नगरपालिकाको मरन्ठानामा रहेको क्वारेन्टाइनमा बसेका ८ जना पुरुष र ३ जना महिलाको आरडीटी रिपोर्ट पोजेटिभ देखिएको प्यूठान नगरपालिका नगरप्रमुख अर्जुन कुमार कक्षपतीले जानकारी दिए । 

उनका अनुसार ती सबैजना काठमाडौंबाट आएका हुन् । उनीहरु प्यूठान नगरपालिकाका स्थानीय हुन्।उनीहरुको स्वाब पीसीआर परीक्षणका लागि भैरहवा पठाउने तयारी भइरहेको कक्षपतीले जानकारी दिए । यसअघि दुईजना युवा आरडीटी पोजिटिभ देखिए पनि उनीहरुमा संक्रमण देखिएको छैन।
 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.