ग्यास लिक भएर एक घरमा आगलागी

ग्यास लिक भएर एक घरमा आगलागी

जोमसोम: मुस्ताङको थासाङ-३ लार्केस्थित एक घरमा मंगलबार आगलागी भएको छ । स्थानीय भीमबहादुर पूर्जाको टिनले छाएको एकतले घरमा बिहानपख चिया पकाउँदै गर्दा अचानक ग्यास लिक भइ आगलागी भएको इलाका प्रहरी कार्यालय लेतेले जनाएको छ ।

चिया पकाइ रहेको अवस्थामा ग्यास सिलिण्डर लिक हुँदा ढिलोगरी थाहा पाउँदा आगलागी भएको पीडित भीमबहादुर पुर्जाले जानकारी दिए । आगलागीपछि सबै सामान छोडेर ४ जनाको परिवार बाहिर निस्किएपछि ग्यास पड्किएको थियो। आगलागी पीडित थासाङ-३ का सामान्य किसान हुन् ।

आगलागीको खबर थाहा पाउने वित्तिकै इलाका प्रहरी कार्यालय लेतेको सुरक्षा टोली तथा स्थानीय जनप्रतिनिधि घटना स्थलमा पुगेका थिए । आगलागीबाट घर जलेर नष्ट भएको र घरभित्र रहेको ४ थान सामसुङ मोबाइल,लत्ताकपडा र फर्निचरका सामान नष्ट भएको इलाका प्रहरी चौकी लेतेका इन्चार्ज जगतबहादुर ढकालले जानकारी दिए ।बस्तीदेखि केही पर एकान्त स्थानमा रहेको उक्त घरमा आगलागी भएपनि बस्तीलाई कुनै क्षति नपुगेको इञ्चार्जले बताए । उनका अनुसार आगलागी हुँदा करि‍ब ६ लाख बराबरको धनमाल नष्ट भएको बताए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.