बारामा थपिए एक कोरोना संक्रमित
बारा : बाराको बिश्रामपुर गाउँपालिका ४ बलिरामपुरका १४ वर्षीय युवकलाई कोरोना पुष्टि भएको छ । वीरगन्जको इनर्वामा ग्यास पसलको व्यवसाय गर्दै आएका युवकमा कोरोनाको संक्रमण देखिएको हो ।
युवकको स्वाब वीरगन्जको छपकैयाबाट संकलन गरेर परिक्षणका लागि पठाइएको थियो । बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले बारा घर भइ वीरगन्जमा व्यवसाय गर्ने युवकमा कोरोना पुष्टि भएको जानकारी दिए ।
कोरोना पुष्टि भएका युवकलाई वीरगन्जस्थित नारायणी अस्पताल पठाउन लागिएको प्रजिअ पण्डितले बताए । संक्रमित युवकको बलिरामपुरस्थित घरमा प्रहरी पठाइएको र परिवारका सबैलाई क्वारेन्टाइनमा राख्ने तयारी भइरहेको प्रजिअ पण्डितले जानकारी दिए।
यो समेत बारामा संक्रमित हुनेको संख्या तीन पुगेको छ । यसअघि जीतपुरसिमरा उपमहानगरपालिका ७ र १९ का दुई पुरुषमा संक्रमण देखिएको थियो । देशभरमा संक्रमितको संख्या १९१ पुगेको छ ।