क्‍वारेन्टाइनमा बसेका महिलाहरुलाई सामग्री हस्तान्तरण

क्‍वारेन्टाइनमा बसेका महिलाहरुलाई सामग्री हस्तान्तरण

बैतडी : विभिन्न स्थानीय तहका क्‍वारेन्टाइनमा बसेका महिलाहरुलाई विभिन्न सामग्रीसहितको झोला (डिग्नीटी कीट) प्रदान गरिएको छ। संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (UNFPA)ले क्‍वारेन्टाइनमा बसेका महिलाहरुलाई डिग्नीटी कीट उपलब्ध गराएको हो। क्‍वारेन्टाइनमा बसेका महिलाहरुका लागि लुगा, सरसफाईका सामग्री, सेनेटरी प्याडसहितको झोला उपलब्ध गराइएको संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषका जिल्ला कार्यक्रम अधिकृत गणेश शाहीले बताए। उनले भने ‘क्‍वारेन्टाइनमा बसेका महिला र किशोरीहरुलाई सहज होस भनेर सामग्री सहितको झोला प्रदान गरेका हौं। यसले क्‍वारेन्टाइनमा बसेका महिलाहरुलाई केही हद सम्म सहज हुनेछ।’

जिल्लाका विभिन्न स्थानीय तहहरुले बनाएका क्‍वारेन्टाइनमा ३० जना महिला बसेका छन्। दशरथचन्द नगरपालिकाले जगन्नाथ बहुमुखी क्याम्पसमा बनाएको क्‍वारेन्टाइनमा बसेका महिलाहरुलाई विभिन्न सामग्री सहितको झोला (डिग्नीटी कीट ) प्रदान गरिएको छ भने अन्य स्थानीय तहमा पनि सो सामग्री पठाइएको शाहीले बताए।

क्‍वारेन्टाइनमा बसेका महिलाहरुलाई डिग्नटी कीटले केही सहज हुने दशरथचन्द नगरपालिकाका उपप्रमुख मीना चन्दले बताइन्। उनले भनिन् ‘महिलाहरुका लागि विभिन्न सामग्रीहरु राखिएको झोला प्रदान गरिएको छ। यसले उनीहरुलाई सजिलो हुनेछ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.