लकडाउनमा मशाल जुलुस
फिदिम : भारतले सीमा अतिक्रमण गरेको विरोधमा नेपाल विद्यार्थी संघ पाँचथरले फिदिम बजारमा मशाल जुलुस निकालेको हो। लकडाउनको प्रवाह नगरी विद्यार्थीहरुले बिहीबार साँझ मशाल जुलुससहित प्रदर्शन गरेका हुन्। जुलुसलाई प्रहरी र सशस्त्र प्रहरीको टोलीले तितरबितर बनाएको थियो।
विद्यार्थीले भारतले अतिक्रमण गरेको लिपुलेक, कालापानी, लिम्पियाधुरा र पाँचथरको फालेलुङको सिमाक्षेत्रमा भारतले कब्जा गरेको जमिन नेपालको हो भन्दै नारा नगाएका थिए।
प्रतिक्रिया दिनुहोस !
१
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)