नवलपरासीमा दुईजना कोरोना संक्रमित, अस्पताल नै खाली गरेर संक्रमित राखियो

नवलपरासीमा दुईजना कोरोना संक्रमित, अस्पताल नै खाली गरेर संक्रमित राखियो

परासी : पश्चिम र पूर्वी नवलपरासीमा कोरोनाभाइरसका दुईजना संक्रमित भेटिएका छन् ।

दुबै जिल्लामा पहिलो पटक संक्रमित भेटिएको पुष्टि भएको हो । कोरोना पुष्टि हुनेमा पश्चिम नवलपरासी प्रतापपुर गाउँपालिका–५ बड्की बैदौलीका ३६ वर्षीय पुरुष र पूर्वी नवलपरासी देवचुली नगरपालिका– १२ का पनि ४९ वर्षीय पुरुष छन् । उनीहरु दुवै ४ दिनअघि भारतबाट आएका थिए ।

पश्चिम नवलपरासीमा फेला परेका संक्रमित झोलनीपुर नाकाबाट रातको समयमा लुकेर आएको बुझिएको छ । दिल्लीबाट आएका उनलाई भोलिपल्ट गाउँपालिकाले बनाएको क्वारेन्टाइनमा लगेर राखिएको थियो । क्वारेन्टाइनमा रहेका ३० जनाको स्वाब परीक्षण गरिएकोमा उनको रिपोर्ट पोजिटिभ आएको हो । पूर्वी नवलपरासीका पुरुष भने विरगञ्ज नाका हुँदै आएका थिए । सामान्य लक्षणसहित आएका उनी घर नआइ सोझै भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा पुगेका थिए । त्यहाँ उनलाई कोराना भएको पुष्टि गरिएको हो ।

यसैबीच पश्चिम नवलपरासीमा फेला परेका संक्रमितलाई राख्न परासी सदरमुकामस्थित पृथ्वीचन्द्र अस्पताल नै खाली गराइएको छ । अस्पतालमा भर्ना भएका बिरामीहरु संक्रमित हुन सक्ने भएकाले सबैलाई घर पठाएर उनलाई अस्पतालमा राखिएको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. मोहम्मद नुरुल होदाले बताए । संक्रमित राख्न थालेपछि जिल्ला अस्पतालले यसअघि सञ्चालन गर्दै आएको ओपडी सेवासहित सामान्य सेवाहरु बन्द गरेको छ । बिहीबारदेखि इमर्जेन्सी, ज्वरो क्लिनिक र प्रसूति सेवाबाहेक सबै सेवा बन्द गरिएको होदाले बताए ।

भारतबाट जिल्ला भित्रिने नेपालीको संख्या बढ्दै गएकाले अस्पताललाई नै आइसोलेसन केन्द्र बनाउने तयारी गरिएको छ । अस्पतालमा १० बेडको आइसोलेसन कक्ष बनाइएको छ । बुटवल र भैरहवामा रहेका कोरोना उपचार केन्द्रमा ठाउँ अभाव रहेकाले जिल्ला अस्पताललाई नै आइसोलेसन केन्द्र बनाउने बारे छलफल भइरहेको डा. होदाले बताए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.