संक्रमित नर्सको माइतीघर सिल, १९ जना क्वारेन्टाइनमा

संक्रमित नर्सको माइतीघर सिल, १९ जना क्वारेन्टाइनमा

सिन्धुली : भक्तपुरमा कोरोना भाइरस पुष्टि भएकी २५ वर्षीया स्टाफ नर्सको ट्राभल हिस्ट्रीका आधारमा सिन्धुलीको कमलामाई नगरपालिका ९ भिमान बजारस्थित माइतीघर सिल गरिएको छ। १९ जनालाई क्वारेन्टाइनमा राखिएको छ।

ती नर्स सुनसरीबाट भक्तपुर फर्कने क्रममा भीमानस्थित माइतीमा ४५ मिनेट बसेकी थिइन्। उनले खाना खाएर हिँडेको पुष्टि भएपछि माइतीसहित पाँच घरलाई सिल गरिएको प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डेले जानकारी दिए।

‘ट्राभल हिस्ट्रीका आधारमा ती महिलाले खाना खाएको माइती घरका ६ जना र छिमेकी १३ जना गरी १९ जनालाई क्वारेन्टाइनमा राखिएको छ’, पाण्डेले भने। १९ जनामध्ये १६ जनाको एउटै कम्पाउड भएकाले उनीहरूलाई होमक्वारेन्टाइनमा र अन्य छिमेकी दुई घरका तीनजनालाई भने सरकारी क्वारेन्टाइनमा राखिएको बताइएको छ।

सिन्धुली प्रवेशमा रोक लगाइने

सिन्धुलीमा छिमेकी जिल्लाबाट हुने आवतजावतलाई बन्द गरिने भएको छ। बुधबार जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा बसेको सर्वदलीय, सर्वपक्षीय बैठकले छिमेकी जिल्लाबाट सिन्धुली प्रवेशमा पूर्णरूपमा निरुत्साहित गर्ने निर्णय गरेको हो। कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि जिल्लामा सतर्क अपनाउन यस्तो निर्णय गरिएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत उपेन्द्र न्यौपानेले जानकारी दिए।

‘छिमेकी जिल्लाबाट यस जिल्लामा हुने मानिसको आवागमनलाई पूर्णरूपमा निरुत्साहित गर्ने र यसका लागि सुरक्षाकर्मीका साथै सम्बन्धित स्थानीय तहबाट समेत विशेष पहल गर्ने निर्णय भएको छ’, उनले भने। छिमेकी जिल्ला उदयपुर, धनुषा, महोत्तरी, सर्लाही, रौतहट लगायतमा संक्रमित बढ्दै गएपछि जिल्लामा आवगमन बन्द गर्न यस्तो निर्णय गरिएको हो। ‘निर्णयमा पूर्णरूपमा सिल गर्ने भन्ने चाँही छैन तर छिमेकी जिल्लाबाट हुने आवगमनलाई पूर्णरूपमा निरुत्साहित गर्ने भनिएको छ’, न्यौपानेले भने।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.