नेता रिहाइको माग गर्दै कालिकोटमा प्रदर्शन

नेता रिहाइको माग गर्दै कालिकोटमा प्रदर्शन

कालिकोट : जिल्लाको पलाँता गाउँपालिकाकमा स्थानीय सरकारविरुद्ध नाराबाजीसहित प्रर्दशन भएको छ । पलाँता गाउँपालिकाको खिन र धौलागोहका स्थानीय नागरिकले स्थानीय सरकारकाविरुद्धमा नाराबाजी गरेका हुन् । 

वैशाखको अन्तिम सातामा पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मण बम, नेकपा गाउँकमिटीका अध्यक्ष ईन्द्र रोकाया र १ वडाका अध्यक्ष मानबहादुर भण्डारीबीच कुटाकुट भएको थियो।

उक्त झडपमा गाउँपालिका अध्यक्ष, उनकी पत्नी गोरीकला बम र उनका भतिज गजेन्द्र बम घाइते भएका थिए । अर्को पक्षका नेकपा पालिका अध्यक्ष र वडा अध्यक्ष पनि सामान्य घाइते भएको थिए । घाइते गाउँपालिका अध्यक्ष बमकी पत्नी गोरिकलाको प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको छ । 

अध्यक्ष लक्ष्मण बममाथि वडाध्यक्ष भण्डारीले हातपातको सुरुवात गरेपछि दोहोरो झडप भएको थियो । गाउँपालिका अध्यक्ष बममाथि आकर्मण गर्ने नेकपा गाउँपालिका अध्यक्ष बिष्णु रोकाया र वडा अध्यक्ष मानबहादुर भण्डारीलाई ज्यान मार्ने उद्योग मुद्धामा प्रहरीले पक्राउ गरेको छ ।

नेकपाकाद्वय नेतासहित दुईजना युवालाई प्रहरीले पक्राउ गरेपछि पलाँतामा ती नेताको रिहाइको माग गर्दै विरोध प्रद्धर्शनका साथै तीन वडा कार्यालयमा ताला लगाएका छन् । 

पलाँता गाउँपालिका १, २ र ३ मा ताला लगाउनुका साथै गाउँपालिका अध्यक्षको पुत्ला जलाइएको नेकपाका स्थानीय नेता मनरुप न्यौपानेले जानकारी दिए । उनका अनुसार जनताको पक्षमा बोल्ने नेतालाई झुटो मुद्धा लगाइएको बताउँदै उनीहरु रिहा नभए थप आन्दोलन गर्ने चेतावनी दिए । 

गाउँपालिका अध्यक्षको पुत्ला दहन गर्नुका साथै वडा कार्यालयल र शाखा कार्यालयमाथि ढुंगामुडा समेत गरिएको छ । विवादले चर्को रुप लिएको छ भने, सुरक्षा निकाय मौन देखिएको छ । कोरोना कहरका बेला पलाँतामा नेकपाको सरकार पक्ष र पार्टीबीच भएको विवाका कारण लकडाउनको पनि पालना भएको छैन् ।

गत वैशाख २७ गते शनिबार गाउँपालिका अध्यक्ष बम र उनकी श्रीमती गोरिकला बममाथि आक्रमण भएपछिको विवादले चर्को रुप लिएपछि पक्ष पक्षविपक्षबीच चर्का नाराबाजी भइरहेको छ । गत मंगलबार बम पक्षका स्थानीयले दोषीमाथि कारबाहीको माग गर्दै पलाँता प्रहरी चौकी घेराउ गरेका थिए ।

आक्रमण गरेको आरोपमा पक्राउ परेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पलाता गाउँ कमिटी अध्यक्ष बिष्णु रोकाया र सोही गाउँपालिका-१ का वडाध्यक्ष मानबहादुर भण्डारीका समर्थकले झुट्टा मुद्धा खारेज गर, भ्रष्ट सरकार चाहिदैन्, पलाँता गाउँपालिकाबाट खीन र धौलागोह अलग गर, खाडाका अग्नी पीडितको राहत सार्वजानिक गर, पलाँताको खाता बन्द गर, नेता किन्न पाइदैनजस्ता नारा लगाएका छन् । 

उनीहरुले गाउँपालिका अध्यक्ष बलमे पार्टीका नेताहरु किनेर नेकपा पलाँताका अध्यक्ष बिष्णु रोकाया र वडा अध्यक्ष मानबहादुर भण्डारीलाई मुद्धा लगाइएको आरोप लगाएका छन् । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.