स्वास्थ्य केन्द्रमा चिकित्सक अभाव

स्वास्थ्य केन्द्रमा चिकित्सक अभाव

बैतडी : जिल्लाको मेलौली नगरपालिका ५ की दशरथ दयालकी छोरीको यही वैशाख पहिलो साता लडेर हात भाँचियो । हतार हतार छोरी लगेर उनी नजिकैको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा पुगे । प्राथमिक स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मीले एक्सरे गरे। रिपोर्टमा हात फ्याक्चर भएको देखियो। तर प्राथमिक स्वास्थ्य केन्द्रमा थप उपचार गर्ने चिकित्सक नहुँदा उनले डडेल्धुरा जानु पर्यो ।

घर नजिकैको स्वास्थ्य संस्थामा चिकित्सक नभएपछि महंगोमा एम्बुलेन्स बुक गरेर डडेल्धुरा पुर्‍याउन परेको उनले गुनासो सुनाए । उनले भने,'घर नजिककै प्राथमिक स्वास्थ्य केन्द्रमा डाक्टर नहुँदा हामीलाई धेरै समस्या भएको छ । लकडाउनका बेला अन्य सवारी साधन पनि नचल्ने अनि महंगोमा एम्बुलेन्सबाट छोरीलाई अस्पताल पुर्‍याउनुपर्‍यो।'

मेलौली ९ का ११ वर्षीय महादेव भट्टको पनि हात फ्याक्चर भएपछि उनका अभिभावकले केही दिनअघि केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र  पुर्‍याए । डाक्टर अभावमा भट्टलाई पनि प्राथमिक स्वास्थ्य केन्द्रले अन्यत्र रेफर गरिदियो । 

घर नजिकको प्राथमिक स्वास्थ्य केन्द्रमा डाक्टर नहुँदा समस्या भोगेका यी दुई उदाहरण मात्रै हुन् । तर केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा डाक्टर नहुँदा दैनिक बिरामीलाई अन्यत्र रेफर गर्नुपर्ने बाध्यता भएको हेल्थ असिष्टेन्ट मुकेशकान्त दयालले बताए । 

उनले भने, 'प्राथमिक स्वास्थ्य केन्द्रमा डाक्टरको दरबन्दी छ । तर दरबन्दी पूर्ती नहुँदा सेवाग्राहीलाई समस्या छ । लकडाउनका कारण गाडी नचलेपछि स्थानीय थप समस्यामा परेका छन्।'

केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र स्थापना भएको १६ वर्षपछि २०७५ सालमा एकजना डाक्टर आएपनि पछिल्लो एक वर्ष यता प्राथमिक स्वास्थ्य केन्द्र डाक्टरबिहीन छ । प्राथमिक स्वास्थ्य केन्द्रमा डाक्टर नहुँदा एक्सर, इसीजीलगायतका सेवा पनि सूचारु गर्न नसकिएको हेल्थ असिष्टेन्ट दयालले बताए । उनले भने, ' रेफरल सेन्टरमै डाक्टर नहुँदा सेवा दिन सकेको छैन् ।'

तल्लोसोराड क्षेत्रका नागरिक भारतीय सिमावर्ती अस्पतालमा जाने गरेको भएपनि लकडाउनका कारण त्यहाँ जान संभव छैन। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.