संरक्षण र उत्खनन‍्को पर्खाइमा तेताङको नुनखानी

संरक्षण र उत्खनन‍्को पर्खाइमा तेताङको नुनखानी

जोमसोम : मुस्ताङको वारागुङ मुक्तिक्षेत्र -३  तेताङमा अवस्थित ऐतिहासिक तथा प्राकृतिक नुन खानी संरक्षणको पर्खाइमा छ । करिब ३० वर्षअघि मुस्ताङको टुकुचेका स्थानीय समाजसेवी सुब्बा शंकरमान शेरचनले उक्त नुन खानी जिल्ला भित्र प्रयोगमा ल्याएका थिए । पछिल्लो समय बजारिया प्रशोधित नुनको उपयोग हुन थालेपछि तेताङको ऐतिहासिक नुन खानी ओझेलमा परेको हो ।

उ समय सुब्बा शेरचनले नुन खानीको संरक्षण गर्दै जिल्ला भित्र प्रयोगमा ल्याएको वारागुङ मुक्तिक्षेत्र-३ का वडाध्यक्ष नविनकुमार गुरुङले जानकारी दिए । तत्कालिन समयमा सुब्बा शेरचनले प्रति पाथी नुनको १९ रुपैयाँमा बिक्री गर्ने गरेको वडाध्यक्ष गुरुङले स्मरण गरे । बजारिया नुन नहुँदा र मुस्ताङमा सडक संञ्जालले नजोडिँदा तेताङको नुन उपयोग हुने गरेको थियो। स्थानीय नुन उ समय गाउँले र पशु चौपाया आदीलाई खुवाउने गथ्र्ये । 

सुब्बा शेरचनले नुन खानी उपयोगमा ल्याउन छोडेपछि स्थानीय गाउँ समाजले नुन खानी संञ्चालन तथा संरक्षण गरे । तर त्यो नुन खानी उत्खनन्को काम दिर्घकालिन बन्न सकेन । नुन खानी संरक्षण तथा उत्खनन हुन नसक्दा बर्सेनि लाखौं मुल्यको नुन त्यसै खेर गइरहेको वडाध्यक्ष गुरुङले सुनाए । वारागुङ-३ तेताङको नरसिंह खोलाको कलात्मक पहाडमा नुन खानी अवस्थित छ । 

त्यहाँ पहाडबाट रसाएको नुनिलो पानीलाई पाइपमार्फत तानेर कुण्डमा जम्मा गरी ढिक्‍क बनाइने गरिन्थ्यो । तल्लो मुस्ताङ देखि उपल्लो मुस्ताङका ९६ वटै गाउँमा तेताङको नुन पुग्ने गथ्र्यो ।तेताङ नुन खानी ऐतिहासिक तथा धार्मिक दृष्टिकोणले पनि महत्वपूर्ण मानिएको छ । ८ औं शताब्दी अर्थात् १३ सय वर्ष अघि बुद्धिस धर्म गुरु पद्यसम्भवले तेताङको नरसिंह खोला पहाडमा नुन रोपेको धार्मिक किंवदन्ती छ ।

छिमेकी देश भारतमा जन्मिएका गुरु पद्यसम्भव राक्षसको बध गर्न तिब्बत जाने क्रममा तेताङको नरसिंह खोला पहाडको ओढारमा ध्यान बसेका भन्ने भनाइ छ । पद्य सम्भवकै दैवी शक्तिको बलले तेताङको नरसिंह खोला पहाडमा नुन खानी उत्पती भएको कागछोदे गुम्बाका खेम्बो तेन्जिङ साङ्वोले सुनाए । उनले पद्य सम्भवसँग जोडिएका मुस्ताङका कतिपय तिर्थस्थल मध्ये तेताङको नुन खानी पनि एक भएको उनको भनाई छ ।

मुस्ताङको जोमसोम-कोरला सडकको पूर्वतर्फ नरसिंह खोला तिरैतिर करिब १ घण्टाको पैदलयात्रापछि नुन खानी स्थल पुग्न सकिन्छ । बर्खायाममा खोलाको बहाव उच्च हुँदा ३ महिना नुन खानी स्थल पुग्न कठिन हुन्छ । मुस्ताङ जिल्ला खानी तथा जैविक विविधताले महत्वपूर्ण भएकाले ३ वर्षअघि खानी तथा भूगर्व विभागको एक टोलीले समेत नुन खानीको संम्भाव्य अध्ययन गरेको थियो । 

नुन खानीको निरीक्षण गर्न तत्कालिन उद्योग मन्त्री सोमप्रसाद पाण्डेसहित खानी विभागका ३ सदस्यीय भूगर्व विद् टोली मुस्ताङ आएका थिए । मुस्ताङका संघीय सांसद प्रेमप्रसाद तुलाचनको पहलमा ४ वर्षअघि मुस्ताङमा नुन खानी र युरोनियम खानीको सम्भाव्यता अध्ययन भएको थियो ।

अध्ययन टोलीले ऐतिहासिक तथा प्राकृतिक नुन खानीलाई व्यवसायिक रुपमा संञ्चालन गर्ने संम्भावना कम भएको तर यसलाई स्थानीय स्तरको उद्योगको रुपमा विकास गर्न सकिने निश्कर्ष निकालेको थियो । 

मुस्ताङका संघीय सांसद तुलाचनले नुन खानीलाई पर्यटकीय गन्तब्यमा विकास गर्न र स्थानीय स्तरको उद्योगमा संञ्चालन गर्न सके रोजगारी तथा पर्यटन प्रर्वद्धनमा सघाउ पुर्‍याउने बताएका छन् । प्रयोगविहीन अवस्थाको ओझेलमा परेको नुन खानीलाई स्तरोन्नति गर्न वारागुङ मुक्तिक्षेत्रले चालु वर्ष १० लाख बजेट विनियोजन गरेको गाउपालिका अध्यक्ष फेञ्चोक छेप्तेन गुरुङले जानकारी दिए । 

नुन खानी स्थलमा कुण्ड निर्माण तथा पाइप लाइन जोड्न र आवश्यक तटबन्ध निर्माण गर्न बजेट विनियोजन भएको उनले बताए । नरसाङ खोलाको देब्रेतर्फ पहाडबाट नुनिलो पानी रसाउने गरेको छ । पाइपबाट खोलाको दाहिनेतर्फ ५ वटा नुन भण्डारण गर्ने कुण्ड भएपनि संरक्षणको अभावमा जीर्ण बनेको अध्यक्ष गुरुङले जानकारी दिए ।  लकडाउन हटेको खण्डमा चालु आर्थिक वर्षभित्रै नुन खानी स्थलको पूर्वाधार स्तरोन्नति गर्ने लक्ष्य रहेको उनको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.