खनिज पदार्थ प्रयोगमा उच्च प्राथमिकता

खनिज पदार्थ प्रयोगमा उच्च प्राथमिकता

काठमाडौं : सरकारले खनिज पदार्थ अन्वेषण तथा प्रयोगमा उच्च प्राथमिकता दिने भएको छ। देशभर रहेका खनिज पदार्थ अन्वेषण तथा प्रयोगमा सरकारले ध्यान दिने नीति तथा कार्यक्रममामा जनाइएको छ। 

संघीय संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले आउँदो आर्थिक वर्षमा खनिज पदार्थ अन्वेषण र प्रयोगमा सरकारले प्राथिमकता दिने बताएकी हुन्। 

सरकारले गत आर्थिक वर्षदेखि नवलपुरको धौवादी फलाम खानी अन्वेषण प्रक्रिया अघि बढाएको छ। त्यस्तै संभावित क्षेत्र पहिचान गर्दै सरकारले तामा खानी, पेट्रोलियम पदार्थ अन्वेशषण प्रक्रिया अघि बढाइसकेको छ। 

चालु आर्थिक वर्षमै नवलपुरको होप्से गाउँपालिकास्थित धौवादी फलाम खानी उत्खनन गर्न सम्भाव्यता अध्ययन भइरहेको छ। फलाम खानी उत्खनन गर्न सरकारले धौवादी फलाम खानी लिमिटेड स्थापना गरी उत्खनन प्रक्रिया अघि बढाएकोछ। आउँदो आर्थिक वर्षमा सरकारले सम्भाव्यता अध्ययनपश्चात नपलपुरमा फलाम खानी सञ्चालनमा ल्याउने सरकारको तयारी छ।  

केन्द्र सरकार, प्रदेश र स्थानीय तहको गरी ५८ प्रतिशत र ४५ प्रतिशत निजी क्षेत्रको सहभागितामा कम्पनी स्थापना भएको हो। कम्पनी सञ्चालन गर्न प्रदेश र स्थानीय तह समेत उत्साहित देखिएका छन्। सरकारले यसै आर्थिक वर्षमा कम्पनी स्थापना गरेको हो। फलाम खानी सम्भाव्यता अध्ययन गर्न सरकारले चालु आर्थिक वर्ष ५ करोड बजेट विनियोजन गरेको छ। आउँदो वर्ष बजेट बढाउने सरकारको तयारी छ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.