मासु पसलमा आगलागी

मासु पसलमा आगलागी

धादिङ : शुक्रबार सदरमुकामको एक मासु पसलमा आगलागी हुँदा पसल जलेर पुर्ण क्षति भएको छ। निलकण्ठ नगरपालिका-३ पुछारबजार बसपार्क रोडमा रहेको रेडियो विहानीको घरमा सटर भाडा लिएर सञ्चालन गरिएको रामकोट फ्रेस हाउसमा आगो लागेको हो।

मासु पोल्नको लागि राखिएको ग्यास लिक भएर आगो लागेको हुनसक्ने अनुमान गरिएको छ । सटर पछाली आवास कोठा र सटरमा पसल रहेकाले दुवै कोठा पुर्ण रुपमा जलेको छ। आगलागी लगत्तै नगरपालिकाको दमकल, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्वयंसेवकहरुको पहलमा आगो नियन्त्रणमा लिइएको थियो। तर पसलमा रहेका फ्रिज खाद्यान्न लगायतका सामाग्रीहरु भने पुर्ण रुपमा जलेको छ।

समयमै आगो निभाउन सकेकाले माथिल्लो तल्लामा रहेको रेडियो विहानीको स्टेशन जोगिएको थियो। आगलागीबाट ५ लाख भन्दामाथिको क्षति भएको अनुमान गरिएको छ। क्षतिको यकिन विवरण थप अध्ययन पछि मात्रै आउने जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी रुपक खड्काले बताए।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.