पौडी खेल्ने क्रममा तमोरमा डुबेर युवकको मृत्यु
ताप्लेजुङ : पौडी खेल्ने क्रममा तमोर नदीले बगाएर ताप्लेजुङमा एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा फुङलिङ नगरपालिका–३ सिटेनीका १७ वर्षीय रोशन न्यौपाने छन्।
शुक्रबार दिउँसो बाख्रा चराउन गएका उनलाई पौडी खेल्ने क्रममा खोलाले बगाएको हो। रोशन साथीसँग बाख्रा चराउन सिटेनी पुछार नदी किनारमा गएका थिए। घटनास्थलमा प्रहरी पुगेको र कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख महेन्द्र श्रेष्ठले बताए।