दाङका कोरोना संक्रमित क्वारेन्टाइनमा ७ दिन बसेका थिए

दाङका कोरोना संक्रमित क्वारेन्टाइनमा ७ दिन बसेका थिए

दाङ : दाङका कोरोना संक्रमित दुई जना कपिलवस्तुको कृष्णनगमा रहेको क्वारेन्टाइनमा एक साता बसेर दाङ आएको खुलेको छ। वैशाख २५ गते भारतको गोरखपुर र मुम्बईबाट कृष्णनगर नाकामा पुगेका उनीहरुलाई कृण्णनगर नगरपालिका- १ शिवानगरको त्रीदेवी मावि विद्यालयको क्वारेन्टाइनमा एकहप्ता राखिएको थियो। त्यहाँबाट बिना परीक्षण हप्तापछि एम्बुलेन्समा दाङ आएको गढनाका ३६ वर्षीय संक्रमितले बताए।

क्वारेन्टाइनमा बस्दा र घरसम्म आउँदा कतै परीक्षण नगरिएको र गाउँपालिकाको क्वारेन्टाइनमा आएपछि मात्रै परीक्षण भएको बताए। उनले कपिलवस्तुकै क्वारेन्टाइनबाट आफुहरुलाई संक्रमण भएको आंशका समेत गरे। दाङको गढवा गाउँपालिका-४ का २३ वर्षीय, गढवा ५ का ३६ वर्षीय पुरुषमा कोरोना पुष्टि भएपछि हो। तुलसीपुर ७ का स्थायी ठेगाना भएका तर काठमाडौंमा बस्दै आएका ३४ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण देखिएको छ। 

राप्ती स्वास्थ विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको पिसिआर परीक्षणमा गढनाका दुई जनाको रिपोर्ट पोजिटिभ देखिएको प्रतिष्ठानका उपकुलपति प्रा.डा संगीता भण्डारीले बताइन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले समेत संक्रमणको पुष्टि गरेका छन्। दुवै जना तीन अघि मात्रै भारतको मुम्बई र गोरखपुरबाट कपिलवस्तुको कृष्णनगर नाका भएर आएका थिए। 

बुधबार गढवा ४ का ३६ र गढवा ५ का २३ वर्षका पुरूषहरूलाई सिधै क्वारेन्टाइनमा लगेर राखिएको थियो। जेठ १ गते बिहीबार स्वाब संकलन गरी पिसिआर परीक्षणका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको थियो। सँगै आएका ५ जनामा चार जना गढवाका र एक जना घोराहीको रहेका छन्। उनीहरु संगै आएका दुई जनामा रिपोर्ट नेगेटिभ देखिएको र एक जना सम्पर्कविहीन छन्। 
चार जना गाउँपालिकाको क्वारेन्टाइनमा बसेका हुन। ५ जना कृष्णनगरबाटसँगै आएको घोराहीको १ जना भने कालकाटेबाट छुट्टिएको गढवा गाउँपालिकाका स्वास्थ्य शाखाका कृष्ण खनालले बताए। खनालले पोजिटिभ देखिएका दुबै जनालाई राति नै कोरोना विशेष अस्पताल बेलझुण्डिको आइसोलेशन कक्षमा पठाइएको छ। 

यसरी आयौ दाङसम्म : संक्रमित

बैशाख २५ गते हामी कृष्णनगर नाकामा आइपुगेका थियौं। एक हप्ता कृष्णनगरको क्वारेन्टाइनमा बस्दा हामीलाई त्यहाँ अमानवीय व्यववहार गरियो। हामीलाई भेडा बाख्रा हुले जसरी सयौंको सख्यामा त्यहाँ हुलियो, कोही कता को कोहि कताको थियौं। क्वारेन्टाइनमा मानवीय व्यवहारसमेत गरिएन, ३६ वर्षीय संक्रमितले भने, हामी भारतबाट सुरक्षित आएका थियौं। नेपाल आइसकेपछि संक्रमण भयो।  सुरक्षित हुन नेपाल आएको संक्रमणमा परियो। म र आफनो आफन्त गोरखपुरबाट साइकलमा कृष्णनगरसम्म आयौं। 

गत माघ महिनामा रोजगारीका लागि गोरखपुरकाम गर्न गएका थियौं। मैले होटेलमा काम गर्थे, उता लकडाउन भएपछि काम बन्द भयो। अनि घर जाऔं भनेर साइकल यात्रा गरेका हौ। एक हप्ता त्रिदेवी माविको क्वारेन्टाइनमा बसेर गाउँपालिकाको व्यवस्थापनमा बैखाख ३१ गते मात्रै कृष्णनगरबाट गढवा उद्योग बाणिज्य संघको एम्बुलेनसमा गढवा आयौं। कतै नपसेर हामी आएदेखि क्वारेन्टाइनमा बसेका छौं। यहि हाम्रो परीक्षण भएको हो। हामी ५ जना आएका हौं,अहिले ४ जनासँगै गढवाको क्वारेन्टाइनमा बसेका हौ|। एक जना घोराहीको साथी हुनुहुन्छ। उहाँ कालाकाटेबाट घोराही जानु भयो, हामी गढना आयौं।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.