पर्सा गएका १४ जनामा संक्रमणपछि बागलुङका १ सय बढीको स्वाब संकलन

पर्सा गएका १४ जनामा संक्रमणपछि बागलुङका १ सय बढीको स्वाब संकलन

बागलुङ : जिल्लाको गलकोट क्षेत्रमा मजदुरी गरेर पर्सा घर फर्किएका १४ जनामा कोरोना संक्रमण पुष्टि भएपछि उनीहरुको सम्पर्कमा भएकाहरुको पिसिआर परीक्षणका लागि स्वाब संकलन गरिएको छ । गलकोट नगरपालिकाको वडा नम्बर ३ का २६ जना र वडा नम्बर ५ का २९ जना गरी ५५ जनाको शुक्रबार स्वाब संकलन गरिएको नगरपालिकाका प्रवत्ता हिमबहादुर भण्डारीले बताए । 

कन्ट्याक्ट ट्रेसिङ गर्दा संक्रमण पुष्टि भएकासँग सम्पर्क भएका १ सय १० जनाको विवरण संकलन गरिएको र बाँकीको आज शनिबार स्वाब संकलन गरिने उनले जानकारी दिए । पर्साबाट गलकोट क्षेत्रमा मजदुरी गर्न आएकाहरु मध्ये केही निर्माण क्षेत्र, केहि फर्निचर लगायतमा लामो समयदेखि काम गर्दै आएका थिए ।
गत बैशाख ११ गते गलकोटबाट नगरपालिकाको सहयोगमा बसमा पर्सा गएका १४ मजदुरमा १७ दिनपछि क्वारेन्टाइनमै रहेका बेला कोरोना संक्रमण पुष्टि भएको थियो । 

चैत्र तेस्रो साता दुई कोरोना संक्रमित पुष्टि भएसँगै आंतकित भएको बागलुङ बैशाख दोस्रो साता निको भएपछि ठूलो जोखिम टरेको स्थानीय र सरोकारवालाको अनुमान  थियो । तर, देशव्यापी रुपमा बढेको संक्रमित संख्या, बागलुङ जिल्लाको गलकोटबाट पर्सा गएका १४ मजदुरलाई कोरोना संक्रमण पुष्टि भएपछि फेरि जिल्लाभर संशय बढेको छ ।

यद्यपी, जिल्लाको गलकोटबाट पर्सामा मजदुर छोड्न गएका बागलुङका बसका चालक, सहचालकको पिसिआर रिपोर्ट भने नेगेटिभ आएको छ । 
कन्ट्याक्ट ट्रेसिङबाट सबैको स्वाब संकलन गरी पिसिआर परीक्षणका लागि पोखरा पठाइने  स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले जानकारी दिए । ‘यहाँबाट पर्सा गएको ठुलो संख्यामा कोरोना देखिए पछि यतै भयो कि उतै गए पछि भएको भन्नेमा ठुलो संशय देखिएको छ,’ कार्यालय प्रमुख गुरौले भने, ‘चालक, सहचालकको रिपोर्टले उतै गए पछि संक्रमण भएको संकेत गरेको छ,तर पनि हामी संक्रमितहरुसँग सम्पर्कमा भएकाहरुको खोजी गरेर स्वाब संकलन गरेर पिसिआर परीक्षण गर्न लागिरहेको छौ ।’

अहिले जिल्ला कमाण्ड पोस्टले जिल्लाभरका सबै सीमा नाका र बजारमा लकडाउन प्रभावकारी बनाउन थालेको छ भने गलकोट नगरपालिकाले आफ्नो सबै नाका सिल गरेको छ । ढोरपाटन नगरपालिका र बडिगाड गाउँपालिकाले पनि सीमा नाकामा कडाई गरेको छ । 
बजार क्षेत्रमा अत्यावश्यकीय पसल,बैकं तथा वित्तीय संस्था खुलाउँदा केही भीड बढेपछि जिल्लामा शुक्रबारदेखि खाद्य, तरकारी पसल बिहान बेलुकी मात्रै खुलाउने व्यवस्था गरिएको छ भने बैकं आलोपालोमा साताको दुई, तीन दिन र सहकारी संस्था पनि सोही अनुसार खुलाउने व्यवस्था गरिएको हो । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.