तिब्बत सरकारले स्वास्थ्य सामग्री सहयोग गर्ने
ताप्लेजुङ : तिब्बत सरकारले ताप्लेजुङका लागि स्वास्थ्य सामग्री सहयोग गर्ने भएको छ । व्यक्तिगत सुरक्षा सामग्री (पीपीइ), आरडीटी किट, थर्म गन, एक-९५ मास्कलगायतका सामग्री सहयोग गर्ने भएको हो ।
१ हजार १ सय थान पीपीइ, १ सय थान थर्मगन, १ लाख १० हजार थान सर्जिकल मास्क, १ हजार २ सय थान एन-९५ मास्क र सेनीटाइजर दिने भएको हो । त्यस्तै र्यापीड डाइग्नोष्टिक किटसहित स्वाब संकलन गर्ने भाइलसहितका सामग्री रहेको जिल्ला कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिले जनाएको छ ।
तिपताला ५ हजार २ सय मिटर उचाईको नेपाल-तिब्बत सीमा नाका हो । यसअघि पनि तिब्बतले सीमावर्ती क्षेत्र फक्ताङ्लुङ गाउँपालिकाका लागि खाद्यान्न र पीपीई दिएको थियो । फक्ताङ्लुङ गाउँपालिका-७ ओलाङचुङगोलाका अवडाध्यक्ष छेतेन भोटेको टोलीले उक्त सामान बुझेको थियो ।