हात्तीले दैनिक दुख दिन थाल्यो

हात्तीले दैनिक दुख दिन थाल्यो

राजविराज : सप्तरीको शम्भुनाथ नगरपालिका तथा अग्नीसाइर कृष्णसवरण र रुपनी गाउँपालिकाका बासिन्दालाई जङ्गली हात्तीले एक महिनादेखि दैनिक दुःख दिन थालेको छ । मध्यरात भएपछि गाउँ पसेर हात्तीले घर भत्काउन, अन्नबाली खान र मानिसमाथि आक्रमण गर्न थालेपछि त्यस क्षेत्रका बासिन्दाको जीवन कष्टकर बनेको छ ।

    
कोशी टप्पु वन्य जन्तु आरक्षबाट आएका तीन हात्तीको समूहले शनिबार राति अग्नीसाइर कृष्णासवरन गाउँपालिका–६ मोहनपुरका मोतीलाल बि.क. को घर भत्काएको छ । घर भत्काउनुका साथै हात्तीको समूहले खाद्यान्नसमेत खाइदिएपछि वि.क. लाई हातमुख जोर्न समस्या भएको छ । छोराछोरीसमेत घरमा नभएका वि.क. श्रीमतिको चार वर्षअघि मृत्यु भएपछि एक्लै बस्दै आएका छन् ।
    
हात्तीको समूहले बिहीबार राति रुपनी गाउँपालिका ६ का दिपककुमार तामाङको घर भत्काइ खाद्यान्न लगायतका सामाग्रीहरू नष्ट गरेपछि तामाङ परिवारको विचल्ली भएको छ । मध्यरात आएको हात्तीले घर भत्काउन थालेपछि भागेर ज्यान जोगाएको बताएकी दिपककी श्रीमति हिरा तामाङले हात्तीले चामल, मकै, पिठो, कोदो खानुका साथै महत्वपूर्ण कागजातसमेत नष्ट गरेको बताइन् । लकडाउनले रोजगारी खोसिएका बेला हात्तीले घर भत्काइ खाधान्नसमेत खाइदिएपछि छाक टार्न समस्या भएको पीडित बताउँछन् । 
    
रात परेपछि गाउँ पस्ने गरेको हात्तीले घर भत्काउन, भित्र्याइएको गहुँ, धानसमेत खाइदिने गरेको स्थानीय बोधराज सुबेदीले बताए । वडा नम्बर ६ का पुष्पराज बन्जाराले दैनिक रात पर्नासाथ आउने हात्तीले घर भत्काइ मानिसलाईसमेत आक्रमण गर्न थालेपछि गाउँले त्रसित भएको बताए । उनले भने, ’दिनभर नजिकै रहेको टिकघारी र बनमा बस्ने, रात पर्ने बित्तिकै गाउँ छिर्ने हात्तीबाट जोगिन समस्या भएको छ ।' 
    
तीनवटा हात्तीको समूहले १० दिनअघि शम्भुनाथ नगरपालिका–२ भलुवाहीकी ३८ वर्षीया जानुका मगरलाई कुल्चिएर ज्यानै लियो । एक दिनअघि अग्नीसाइर कृष्ण सवरण गाउँपालिका–६ मोहनपुरकै पुष्पराज बञ्जारा र अम्बिका राईको घर भत्कायो । सोही गाउँपालिका वडा नम्बर २ मा हात्तीको समूहले श्यामकुमार राम, लक्ष्मीदेबी राम, बिरेन्द्र राम र नारायण रामको घर तोडफोड गरी खाद्यान्न नष्ट गरेको थियो । 
    
डिभिजन वन कार्यालय सप्तरीले हात्ती प्रभावित क्षेत्रमा हात्तीबाट जोगिने उपायका बारेमा सचेतनामूलक कार्यक्रमबाहेक नियन्त्रण र रोकथाम गर्न नसकेको जनाएको छ । कार्यालयका प्रमुख सन्तोष झाका अनुसार घुमि हिंड्न थालेका तीन हात्तीले गाउँमा पसेर स्थानीयलाई दैनिक दुःख दिन थालेको बताए । उनले एक महिना यता दैनिकजसो हात्तीले घर भत्काएको, मानिसमाथि आक्रमण गरेको जानकारी कार्यालयमा आइरहेको बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.