सय क्यूफिट अवैध सालको काठ बरामद

सय क्यूफिट अवैध सालको काठ बरामद

दाङ : डिभिजन वन कार्यालय दाङले अवैध ढंगले काटिएको सालको एक सय क्यू फिटभन्दा बढी चिरान काठ बरामद गरेको छ। घोराही उपमहानगरपालिका -१८ हात्तीखर्कका स्थानीय घर र आगनमा चिरान गरी राखेको अवस्थामा आइतबार दिउँसो ९१ थान सालको काठ बरामद गरेको सहायक वन अधिकृत भक्तबहादुर चौधरीले जानकारी दिए।  

लकडाउनको समयमा घर नजिकैको जंगलमा सामुदायिक वनमा अवैध ढंगले काठ काटेर राखेको भन्ने सुराकीका आधारमा डिभिजन वन कार्यालय दाङबाट गएको गस्ती टोलीले बरामद गरेको हो। भौगोलिक दृष्टिले घोराही उपमहानगरपालिकाको विकट क्षेत्रका रुपमा लिइने हात्तीखर्कमा बरामद गरिएको काठलाई डिभिजन वन कार्यालय दाङमा ल्याउने काम भइरहेको डिभिजन वन कार्यालय दाङका सूचना अधिकारी खिमबहादुर के.सीले जानकारी दिए।

'काठ कटानका लागि कार्यालयबाट कुनै अनुमति लिएको छैन र काटिएका काठमा पनि कसैको टाँचा निशाना छैन’ सहायक वन अधिकृत चौधरीले भने, 'लकडाउनको मौका छोपेर बिक्रि गर्ने उद्देश्यले काटिएको हुन सक्छ। गस्ती टोली आउँदै गरेको सूचना पाएपछि घरधनी बुढा भागेछन्।' 

दुई वटा घोरलको छाला बरामद 

सालको काठसँगै वन गस्ती टोलीले वन्यजन्तु घोरलको छाला पनि बरामद गरेको छ। दुई वटा घोरलको छाला बरामद गरिएको सहायक वन अधिकृत सिद्धान्त बराले जानकारी दिए। दुवै घटनाबारे छानविन भइरहेको र दोषिलाई पक्राउ गरी प्रचलित कानुन बमोजिम कारबाही गरिने डिभिजन वन कार्यालय दाङका प्रमुख दिपक ज्ञवालीले जानकारी दिए। 

लकडाउनको समयमा चोरी तस्करी हुन सक्ने भन्दै डिभिजन वन कार्यालय दाङले अलगअलग समूह बनाई वनगस्तीलाई तीव्र पारेको छ। लकडाउन अवधीको अहिलेसम्म  दुई दर्जन बढीलाई पक्राउ गरी कारवाही प्रक्रिया अगाडि बढाइएको डिभिजन वन अधिकृत ज्ञवालीले जानकारी दिए।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.