अतिक्रमित भूमिमा विद्यार्थीको प्रदर्शन, गलत समाचारप्रति दुःख व्यक्त

अतिक्रमित भूमिमा विद्यार्थीको प्रदर्शन, गलत समाचारप्रति दुःख व्यक्त

फिदिम : भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले हस्तक्षेप गरेको नेपाली भूमिमा पुगी विद्यार्थीको समूहले विरोध प्रदर्शन गरेका छन्। सीमाक्षेत्रमा पुगेर विद्यार्थीहरुले राष्ट्रगान गाउँदै अतिक्रमित क्षेत्रमा नेपालको राष्ट्रिय झण्डा समेत फहराएका हुन्। 

प्रतिकूल मौसमका बाबजुद नेपाल विद्यार्थी संघले भारतले हस्तक्षेप गरेको पाँचथरको फालेलुङ गाँउपालिका–६ स्थित आहालमा पुगरेर विरोध प्रदर्शन गरेको हो। विरोध कार्यक्रममा पाँचथरका ३० युवा र इलाम नेविसंघका नेता प्रज्वल भट्टराइको नेतृत्वमा इलामका युवा उक्त क्षेत्रमा पुगेका थिए। दुई जिल्लाका विद्यार्थीको विरोध प्रदर्शनमा सीमाक्षेत्रका स्थानीय पनि सहभागी भएर एसएसबीको हस्तक्षेपविरुद्ध नाराबाजी गरे। 

करिब दुई घण्टा भारत सरकाविरुद्ध नाराबाजी गर्दै अतिक्रमित क्षेत्रमा प्रदर्शन गरेका गरेको थिए। प्रदर्शसनपछि विद्यार्थीहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्लासमेत जलाए। विद्यार्थीहरुले भारतसामू नेपाल सरकार लाचार बनेको आरोप लगाए। उनीहरुले कुनैपनि हालतमा नेपाली भूमि गुम्न नदिने उद्घोष गरे।

पाँचथरको फालेलुङ, इलामको सन्दकपुर र भारतको पश्चिम बंगालसँग सिमाना जोडिएको नेपालको आहालमा पर्यटकीय संग्रहालय निर्माणको काम सुरु गरेपछि एसएसबीले हस्तक्षेप गरेको थियो। डिभिजन वन कार्यालय पाँचथरको १० लाख रुपैँयाको आर्थिक लगानीमा सन्दकपुर आहाल चौरीपालक कबुलियति वन समूहले संग्रहालयनिर्माणको काम सुरु गरेको थियो। संग्रहालयनिर्माण सुरु गरिएको ठाँउ भारतको पर्ने भन्दै एसएबीले काममा अवरोध गरेको हो 

‘भारतले सिमाक्षेत्रमा अतिक्रमण गर्दा पनि सरकार मौन बनेपछि हामी अतिक्रमित क्षेत्रमै पुगेर प्रदर्शनमा उत्रिएका हौ,’ नेविसंघ पाँचथरका अध्यक्ष तुलसी आचार्यले भने ‘आफ्नो भूमि फिर्ता लिन नेपाल सरकारले तत्काल कुटनीतिक पहल गर्नुपर्छ।’ विद्यार्थीहरुले अतिक्रमित भूमि फिर्ता गराउन जिल्ला प्रशासन मौन बसेकोप्रति पनि आपत्ति जनाए। सिमाक्षेत्रमा भारतको हस्तक्षेप नरोकिएसम्म आफ्नो आन्दोलन नरोकिने नेविसंघ पाँचथरका उपाध्यक्ष धनकुमार लावतीले बताए।

समाचारप्रति दुःख व्यक्त  

अतिक्रमित क्षेत्रमा विरोध प्रदर्शन गरेर फर्केपछि विभिन्न सञ्चार माध्यममले गलत समाचार सम्प्रेषण गरेको भन्दै नेविसंघले दुःख व्यक्त गरेको छ। अतिक्रमिति क्षेत्रमा गाडेको झण्डा एसएसबीले कब्जा गरेको समाचारलाई भ्रामक भन्दै नेविसंघले दुःख व्यक्त गरेको हो  ‘दुई दिनको कठिन यात्रापछि अतिक्रमित क्षेत्रमा पुगेर हामीले विरोध प्रदर्शन गरेका हौँ,’ नेविसंघ पाँचथरका सहसचिव नबिन बुढाथोकीले भने ‘सदरमुकाम फिदिम आइपुग्दा गलत समाचारले बजार तताएको रहेछ।’ 

अतिक्रमित भूमिमा विद्यार्थीले गाडेको राष्ट्रि झण्डा एसएसबीले कब्जा नगरेको उनीहरुले जनाएका छन्। आफूहरुसँग जानकारी नै नलिई गलत समाचार सम्प्रेषण गरेकोप्रति हामीलाई दुःख लागेको उनीहरुले बताएका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.