मुस्ताङमा खोप सेवा सुचारु

मुस्ताङमा खोप सेवा सुचारु

जोमसोम : हिमाली जिल्ला मुस्ताङका ५ वटै स्थानीय तहमा कोरोना कहरले सृजित लक डाउनकाबीच खोप कार्यक्रम भएको छ । यसअघि कोरोना कहरले रोकिएको नियमित खोप कार्यक्रम आइतबारदेखि सूचारु भएको हो ।

जन्मेदेखि १५ महिनासम्मका नवजात शिशुलाई लगाइने नियमति खोप जिल्लाका १५ स्थानका स्वास्थ्य शाखा, प्राथमिक स्वास्थ्यकेन्द्र र जिल्ला अस्पतालको पालिका खोपकेन्द्रमा सुरु भएको जिल्ला स्वास्थ्य कार्यालय मुस्ताङले जनाएको छ । नियमति खोप कार्यक्रम जेठ ४ देखि जेठ ८ गतेसम्म संञ्चालन हुने जनाइएको छ ।

यसअघि जिल्लामा हुने नियमित खोप कार्यक्रम २ महिना लामो लक डाउनले स्थगित हुँदै आएको थियो । पछिल्लो समय कोरोना संक्रमित वृद्धि भइरहेको र बन्दाबन्दीको अवस्थाले खोप कार्यक्रम अन्योल बनेको थियो । संम्भावित कोरोनालाई मध्यनजर गर्दै सामाजिक दुरी अपनाएर खोप कार्यक्रम पूनः सूचारु गरिएको जिल्ला स्वास्थ्य प्रमुख टिकाराम भण्डारीले जानकारी दिए । कोरोना भाइरस ( कोभिड–१९) ले सृजित लक डाउनले जिल्लाभित्र खोप कार्यक्रम प्रभावित हुँदै आइरहेको स्वास्थ्य प्रमुख भण्डारीले उल्लेख गरे । बालबालिकालाई लाग्न सक्ने विभिन्न रोगसँग जुध्नका लागि खोपको मात्रा पूरा गर्नुपर्ने हुन्छ । बालबालिकाको स्वास्थ्य रक्षाका निम्ति लगाइने खोप कार्यक्रममा कुनै पनि बालबालिका बन्चित नहुन् भन्ने हेतुले उच्चसजगता अपनाएर स्वास्थ्यकर्मीले खोप कार्यक्रमलाई निरन्तरता दिइएको स्वास्थ्य प्रमुख भण्डारीले बताए ।

लक डाउनकैबीच सबै जिल्लाका स्वास्थ्य शाखा तथा खोपकेन्द्रमा स्वास्थ्यकर्मीले माक्स, ग्लोब्स लगायतका समाग्री उपयोग गर्ने र खोप लगाउनु अघि सेनेटाइजरले राम्ररी हात धोएर नवजात शिशुलाई नियमित खोपको मात्रा प्रदान गरिन लागिएको हो  । विभिन्न ११ प्रकारका रोगविरुद्ध लगाइने सरकारले निःशुल्क बिसीजी डिपिटी र पोलियो लगायतका खोप उपलब्ध गराउँदै आइरहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.